काठमाडौं १६ साउन । नेकपा एमालेबाट चितवनको भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार बनेको देवी ज्ञवालीले आफुलाई हराउन सरकार र न्यायालय लागेको आरोप लगाउनु भएको छ ।
सर्वोच्च अदालतले भरतपुरमा पुनः मतदान गर्ने फैसला गरेपछि एबीसी न्यूजसँग कुराकानी गर्दै ज्ञवालीले सरकार र न्यायालय आफुलाई हराउन लागिपरेको आरोप लगाउनु भएको हो । मतपत्र च्यात्नेलाई न्याय दिएर सर्वोच्चले दुर्भाग्यपूर्ण निर्णय गरेको भन्दै ज्ञवालीले अब भरतपुरका नागरिकले अन्तिम निर्णय गर्ने दावी गर्नु भयो ।
पुनः निर्वाचन गर्ने निर्णय दुर्भाग्यपूर्ण भए पनि सर्वोच्चको सम्मान स्वरुप आफुले स्वीकारेको ज्ञवालीको भनाइ रहेको छ । ज्ञवालीसँग गरिएको एक्सक्लुसीभ कुराकानी हेर्नुहोस ।
प्रतिक्रिया दिनुहोस्