ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्झनामा ७० वर्ष अघिको पुरानो त्यो काठमाडौं…


admin

भक्तपुर, १४ चैत । पारि फाट्टफुट्ट देखिने माटाका पुराना घर, हरिया डाँडा, डाँडामाथि देखिएका सेता हिमाल, पृष्ठभूमिमा भक्तपुरको कमलपोखरी, खर्पन बोकेका केही पाका उमेरका मानिस ।

गुचुमुच्च परम्परागत बस्ती, बस्तीका बीचमा माथिसम्म उठेको पाँचतले मन्दिर । पारिपट्टि देखिने हरिया डाँडा र हिमाल । नीलो सफा पानी भएको विशाल नःपुखु । ठूलो पीपलको रुख । पोखरीको डिलमा काखीमा शिशु बोकेका महिला, कोही पानी भर्दै, कोही लुगा धुँदै ।

तस्वीरमै सीमित यी दृश्य यतिखेर भक्तपुर नगरपालिका गछेँस्थित संस्कृत संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा देख्न सकिन्छ । सत्तरी वर्षअघिको काठमाडौँ उपत्यका कस्तो थियो होला भनेर उत्सुकता राख्ने तथा विगतको मौलिक बस्ती र सम्पदाका बारेमा जान्न चाहनेहरूका लागि पुरीले अवसर जुटाइदिनुभएको छ ।

डा टोनी हेगनले १९५० का दशकमा कैद गरेका काठमाडाँै उपत्यकाभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक सम्पदा, पोखरी, गाउँ, नदीनाला, मठमन्दिर र बस्तीका तस्वीर प्रदर्शनी शुरु भएको छ । डा हेगनको जन्मशतवार्षिकीको अवसर पारेर हेगन हाउसमा सोमबार साँझदेखि शुरु भएको एक साता लामो तस्वीर प्रदर्शनीले नयाँ पुस्ताको धेरै जिज्ञासा मेट्न सक्छ ।

डा हेगनकी छोरी केट्रिन हेगनले उद्घाटन गरेको प्रदर्शनीपछि प्रतिक्रिया दिँदै भन्नुभयोे, “म खुशी छु, मेरो पिताले नेपाललाई माया गरेर लिएको तस्वीर नेपालीमाझ प्रदर्शन गर्न पाइएको छ, विगतको सुन्दर नेपालबारे नेपालीहरूलाई जानकारी गराउन पाउँदा खुशी छु । यी तस्वीरहरूले पनि नेपालको इतिहास बोकेको छ ।”

काठमाडाँंै, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायतका पुरातात्विक सम्पदा, ऐतिहासिक संरचना, ऐतिहासिक पोखरी, विश्वसम्पदा सूचीमा रहेका दरबार स्क्वायरको करीब ६० देखि ७० वर्षअघि टोनी हेगनले लिएका तस्वीरहरू हेगनकी छोरी केट्रिनले उपलब्ध गराएपछि सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले प्रदर्शनीमा ल्याउनुभएको हो ।

काठमाडौँ टुँडिखेलको खुला चौर, त्यहाँबाट देखिएका हिमाल र काठमाडाँैको बस्ती, धान फल्ने खेतका फाँट र ष्लेष्मान्तक वनका बीचबाट बगेको सफा वाग्मती, कहीँ कतै नछेकिने र टाढैबाट देखिने पशुपतिनाथ मन्दिर, वाग्मती नदीमाथिको पुल, पातलो बस्ती र पुराना परम्परागत घरहरू तस्वीरमा देख्न सकिन्छ ।

आरपी फाउण्डेसनका अध्यक्ष एवं सम्पदा संरक्षणकर्मी पुरीले डा टोनी हेगनले नेपालमा पु¥याएको योगदानको स्मरण गर्दै टोनी हागन हाउस बनाएर उहाँको शतवार्षिकीका अवसरमा तस्वीर प्रदर्शनीमा ल्याइएको बताउनुभयो ।

इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले तस्विर हेरेपछि आफ्नो बालापनको याद आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बच्चा बेलामा हामी यही पोखरी, यही हनुमन्तेको पानी पिउँथ्याँै, पौडी खेल्थ्यौँ, सफा पानी बग्थ्यो, अहिले यो नदीमा ढल बग्छ, मन साह्रै दुख्छ, हामी खेल्ने सम्पदाका आँगनहरू अहिले कुरुप भएका छन्, त्यतिबेला टाढैबाट देखिने सम्पदा, मठ मन्दिर, अहिलेको घना बस्तीले छोपेको छ, कुरुप बनाएको छ ।”

प्रदर्शनीमा राखिएका ५० तस्वीरले त्यसबेलाको काठमाडौँ उपत्यकालाई हुबहु उतार्न खोजेका छन् । प्रदर्शनी यही चैत १८ गतेसम्म चल्नेछ ।

   

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com