ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घर भाडामा खोज्दै दरबार हाईस्कुल, पुन: निर्माण बल्ल सुरु हुने


admin

काठमाडौं, १४ चैत । नेपालकै सबैभन्दा पुरानो स्कुल दरबार हाईस्कुलको पुननिर्माण सुरु हुने भएको छ । २०७२ साल वैशाखको भूकम्पमा क्षतिग्रस्त भएको हाइस्कुलको पुनर्निर्माण बल्ल सुरु गर्न लागिएको हो ।

क्षतिग्रस्त भवन पुनर्निर्माण हुने भएपछि कक्षा सञ्चालन तथा विद्यालयका अन्य कामकारबाही भाडाको घरबाट गर्नुपर्ने अवस्था आएको विद्यालयले जनाएको छ ।

विद्यालय पुनर्निर्माण गर्ने निर्णय भइसकेको बताउँदै प्रधानाध्यापक हेमचन्द्र महतोले नयाँ भवन निर्माण भइञ्जेल भाडाको भवनमा सर्ने तयारी भइरहेको जानकारी दिए ।

चीन सरकारले निर्माण गर्न लागेको विद्यालय निर्माण कार्यको लागि ठाउँ खाली गर्नुपर्ने भएका कारण उपयुक्त स्थानको खोजी भइरहेको प्रअ महतोले बताए । नयाँ शैक्षिक सत्र भाडामै सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

यसअघि चीन सरकारले बनाएको नक्सा सम्पदा जोगाउने तरिकाको नभएको भन्दै विवाद भएको थियो । गएको फागुनमा नक्सा पास गर्न बनेको समितिले सम्पदा मासिने गरी स्कुलको डिजाइन गरेको भन्दै अनुमति दिन मानेको थिएन । समितिमा आर्किटेक्ट इन्जिनियरको संस्था, स्ट्रक्चरल इन्जिनियरको संस्था, भवन विभाग, पुरातत्व विभागलगायत सदस्य रहन्छन् । पुनः बसेको समितिको बैठकले विद्यालय भवन निर्माण गर्ने अनुमति दिएको प्रधानाध्यापक महतोले बताए ।

सरकारले ऐतिहासिक दरबार हाइस्कुलको पुरानो भवनमा बस्न नमिल्ने भन्दै रातो स्टीकर टाँसेपछि कक्षा र स्कुलका कामकारबाही टहराबाटै चलाईदै आइएको थियो । तीन वर्षदेखि ११ वटा टहरा निर्माण गरी दरबार र संस्कृत विद्यालयका विद्यार्थी पढाइँदै आइएको प्रअ महतो बताउँछन् ।

भाडाको घर खोजी भइरहेको बताउँदै प्रधानाध्यापक महतोले भने, “हामी पाएसम्म नजिकै सर्ने सोचमा छौं । यसो गर्दा भएका विद्यार्थीले स्कुल छोड्ने समस्या हुँदैन ।” टाढा सरे सानो कक्षाका विद्यार्थीले पढाइ छोड्ने निश्चित रहेको बताउँदै उनले नजिकमै अन्य विद्यालय भएको हुनाले ठूलो कक्षाका विद्यार्थीलाई समेत टिकाइराख्न नजिकै भवनको खोजी भइरहेको बताए ।

यस वर्ष हाइस्कुलबाट जम्मा २२ जना छात्रछात्राले एसईई दिँदै छन् । जसमध्ये १२ जना छात्रा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com