काठमाडौ १५ जेठ । सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको लागि १० अर्ब विनियोजन जानकारी दिनुभएको हो ।
साथै हालसम्म बाँकी रहेको बिमाको भुत्तानी दाबी रकम तेस्रो पक्षबाट फर्स्यौट गराई यसै आर्थिक वर्ष फरफाक गर्ने निर्णय गरेको उहाँको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्