ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘थप छ हजार हेक्टर क्षेत्रमा सिँचाइ व्यवस्था गरिने


abc news

काठमाडौ १५ जेठ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा थप छ हजार हेक्टर जग्गामा सिँचाइ उपलब्ध गराइनेगरी बजेट विनियोजन गरिएको बताउनुभएको छ ।

उहाँले आगामी आर्थिक वर्षमा ३४ अर्ब ८९ करोड वैदेशिक अनुदान उपलब्ध गर्ने प्रक्षेपण गर्नुभयो । संसद बैठकमा आ।व। २०८२–८३ को बजेट बिहीबार प्रस्तुत गर्नुहुँदै उहाँले सो प्रक्षेपण गर्नुभएको हो । उहाँका अनुसार जनतालाई गुणस्तरीय सार्वजनिक सेवा प्रदान गरी सुशासन कायम गरिने छ ।

सोहीअनुसार मासुमा आत्मनिर्भर बन्नेगरी कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन गरिएको उहाँले प्रष्ट पार्नुभयो । त्यस्तै, आगामी आवमा थप ६ हजार हेक्टर क्षेत्रमा सिँचाइको व्यवस्था गर्नेगरी बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउनेगरी कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ । छ लाख मेट्रिक टन रासायनिक मलको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । सोहीअनुसार युवालाई कृषिमा आकर्षित गराई उत्पादनलाई वृद्धि गर्ने योजना सरकारको रहेको बताउनुभयो ।

सोहीअनुसार पशुको स्वास्थ्यका लागि ५ करोड ५० लाख डोज खोपको व्यवस्था गरिने र त्यसको बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । भूमिसम्बन्धी कानुनलाई संशोधन गरी स्थायी रूपमा समस्या समाधान गर्ने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, आगामी आर्थिक वर्षमा ५ लाख भूमिहिनलाई जग्गा उपलब्ध गराइने लक्ष्य सरकारको रहेको उहाँले बताउनुभयो । सोहीअनुसार सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी समस्या समाधान गरिने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, निरपेक्ष गरिबी अन्त्यका लागि संघ, प्रदेश र स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । औद्योगीकरणमा जोड दिई लघु, घरेलु र साना उद्योगको प्रवर्धन गर्नेगरी बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सोहीअनुसार साना उद्यमीलाई सीप विकास, बजारीकरणका लागि सहुलियत ऋण प्रदान गर्ने उहाँले बताउनुभयो । औद्योगिक क्षेत्र निर्माण गर्ने कम्पनीलाई विशेष आर्थिक क्षेत्र सरह सहुलियत दिइने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com