काठमाडौ १५ जेठ । राजसंस्थाको पुनस्स्थापनाको लागि सुरु भएको राजावादीको आन्दोलन जारी छ। राजावादीहरू आजबाट सुरु भएको संयुक्त जनआन्दोलनको पहिलो दिन शान्तिबाटीकामा पुगेका छन्।
राप्रपाले काठमाडौँको ७ स्थानबाट जुलुस निकालेको छ। सबैतिरबाट आएका जुलुस रत्नपार्कमा भेला भइसकेपछि टुँडिखेल परिक्रमा गर्दैछन्।
मैतीदेवीबाट निस्किएको जुलुसको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरिरहेका छन् भने। उक्त जुलुसमा पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको पनि सहभागीता छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिफलबाट निस्किने जुलुसको नेतृत्व गरेका छन्।
यस्तै, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदीको नेतृत्वमा नारायणचौरबाट अर्को जुलुस निस्किएको छ। नयाँ बजारबाट सुरु भएको जुलुसको नेतृत्व डा। प्रकाशचन्द्र लोहनीले र त्रिपुरेश्वरबाट निस्किने जुलुसमा केशरबहादुर विष्ट सहभागी भएका छन्।










प्रतिक्रिया दिनुहोस्