ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्रको विकल्प वंशीय तन्त्र हुन सक्दैन


abc news

काठमाडौ १५ जेठ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुनै नसक्ने बताउनु भएको छ । गणतन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुनेगरी समानुपातिक÷समावेशी शासन प्रणाली र सङ्घीयताको कुशलताका साथ अभ्यास गर्नुपन चुनौती रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले गणतन्त्र दिवस वंशीय परम्परामा आधारित निरङ्कुश र एकात्मक राजतन्त्रलाई जनताले जितेको अवसरमा मनाइने उत्सव भएको भन्दै गणतान्त्रिक व्यवस्था शासन पद्धति मात्रै नभई आमजनताको जीवनमा पनि परिवर्तनको अनुभूति हुनुपर्ने मुख्य विषय रहेको उल्लेख गर्नुभयो । जनअपेक्षाअनुरूप काम गर्न नसक्दा देखिएको निराशालाई आफ्नो स्वार्थ पूरा गर्ने अस्त्रका रूपमा प्रयोग गर्दै पश्चगामी पुनःउत्थानवादी शक्तिहरूले फेरि पनि आफ्नो ‘लुटको स्वर्ग’ फिर्ता गर्न सकिन्छ कि भनेर दुष्प्रयास गरिरहेको उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले नेपालमा गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध तथा जनआन्दोलनहरुमा आफ्नो प्राणोत्सर्ग गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता÷घाइते अपाङ्ग योद्धाहरूका साथै गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज, पत्रकारलगायत आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

“सत्र वर्षअघि आजकै दिन विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको थियो । २४० वर्षदेखि चलिआएको वंशीय परम्परामा आधारित निरङ्कुश राजतन्त्रको अन्त गरी गणतान्त्रिक व्यवस्था स्थापना गर्नु नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक परिवर्तन हो”, अध्यक्ष दाहालको भनाइ छ,“यसर्थ गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो । संविधानले निर्दिष्ट गरेअनुरूप समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता हो ।”

उहाँले आजको दिनले सबैलाई सहिदहरूले देखाएको सत्य र न्यायको बाटोमा हिँड्न तथा सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको चाहनालाई साकार पार्न प्रेरणा मिलोस् भन्दै कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com