ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागढुंगामा बस दुर्घटना हुँदा ३ जना घाइते, सडक अवरुद्ध दुवैतर्फ सवारी चाप


abc news

काठमाडौ १५ जेठ । काठमाडौँको नागढुंगा नजिकै आज बिहान बस पल्टिँदा तीन जना यात्रु घाइते भएक छन्।

नागढुंगा(नौबिसे सडकखण्डमा पर्ने नाग मन्दिर नजिकै आज बिहान तीन बजेतिर दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस पल्टिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी दिपक गिरीले जानकारी दिए।

बस सडकबाट तल नालीमा खस्दा तीन जना घाइते भएका उनले बताए। उकालोमा ब्रेक नलागेर बस ब्याक भएर नालीमा खसेको हो।

घाइतेमध्ये रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि कलंकीको शहीद मेमोरियल अस्पतालमा भर्ना गरिएको छ।

‘पल्टिएको बसलाई क्रेनको सहायतामा हटाइसकिएको छ,’ एसपी गिरीले नेपालखबरसँग भने, ‘तर बस पल्टिँदा भएको सवारी साधनको जामको असर त्यस क्षेत्रमा अहिले पनि छ।’

उनले सडकको दुवैतर्फ अहिले चापमा गाडी चलिरहेको भए पनि सडक भने अवरुद्ध नरहेको बताए।

धादिङको थाक्रेमा पनि पुलमा भ्वाङ परेपछि केही दिनदेखि सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुभास हमालले अहिले त्यस क्षेत्रमा पनि सडक अवरुद्ध नरहेको बताए।

‘गएराति १२ बजेदेखि पुलमा पनि ‘टुवे’ गरिएको छ,’ डीएसपी हमालले नेपालखबरसँग भने, ‘केही दिन पुलमा ‘वान(वे’ हुँदा सवारी साधनको जाम लाग्ने गरेको थियो। गएरातिदेखि त्यो समस्या टरेको छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com