काठमाडौ १५ जेठ । आर्थिक वर्ष २०८२र०८३ को बजेट प्रस्तुत गर्नुअघि आज ९जेठ १५० दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।
आजै दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र०८३ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेस गर्ने कार्यक्रम छ।
त्यसको एक घण्टाअघि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। मन्त्रिपरिषद् बैठकले सम्भवतस् बजेट पास गर्नेछ।







प्रतिक्रिया दिनुहोस्