काठमाडौ १४ जेठ । गृहमन्त्रीको राजीनामाबाट विपक्षी दलहरू टसमस नभएपछि संसद् बैठक आज पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजे मात्रै बसेको थियो। चार मिनेटमात्रै बसेको बैठकमा विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले ३० मिनेटको लागि स्थगित गरेका थिए।







प्रतिक्रिया दिनुहोस्