काठमाडौ १४ जेठ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभुवन विमानस्थलमा भ्रष्टाचार भइरहेको आरोप लगाउनु लगाएका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद् सुवेदीले भुटानी शरणार्थी प्रकरणले देशको शीर निहुँराएको छ महिना नहुँदै भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुराएको टिप्पणी गरे।
‘आज परिस्थितिले छुट्टै विषयमा बोल्नुपर्ने बनायो। यो साताभर एउटा गम्भीर विषयमा चर्चा भइरहेको छ,’ सुवेदीले भने, ‘मुलभुतरुपमा गृहमन्त्रीको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभुवन विमानस्थलमा भ्रष्टाचार भइरहेको। त्यो पनि थोरै रकम हैन दिनमा पचास लाख पैयाँसम्म उठाइरहेको भन्ने जो चर्चा छ। यो अहिले सर्वाधिक चर्चाको विषय छ।’
उनले थपे, ‘हामीलाई थाहा छ कुनैदिन भुटानीशरणार्थी प्रकरणले देशको शीर निहुँरायो। कम्तिमा पनि छ महिनासम्म यसबारे देशविदेशमा बहस चल्यो। यतिखेर फेरि भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुराएको छ। बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीलेरु यो दुःखद कुरा हो। गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको छ। हाम्रो देशको छवि अब कस्तो होलारु’
भिजिट भिसाको आवरणमा मानव तस्करीसम्बन्धी अनुसन्धान निष्पक्ष रूपमा हुने वातावरण निर्माणका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभामा अवरोध गरेका छन्।







प्रतिक्रिया दिनुहोस्