ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डब्लूएचओमा नेपालको प्रस्ताव, नेपाली श्रमिकको उपचार जिम्मा वैदेशिक रोजगारदाताले लिनुपर्न


abc news
जेष्ठ १४, २०८२ बुधबार  १ : ५६ बजे

काठमाडौ १४ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य उपचारको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने विषयमा आगामी सेप्टेम्बरमा विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० मा प्रस्ताव लैजाने घोषणा गरेका छन् ।

मन्त्री पौडेलले अन्तर्राष्ट्रिय सहयोगमार्फत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रयासअन्तर्गत यो पहल गरिएको बताए ।

‘जुन देशमा रोजगारी गर्छ । त्यो रोजगारदाताले उसको स्वास्थ्य उपचारको जिम्मा लिनुपर्छ,’ मन्त्री पौडेलले अनलाइनखबरसँग भने ।

नेपाली श्रमिकहरूको वास्तविकतालाई उदाहरण दिँदै मन्त्री पौडेलले भने, ‘कतिपय देशमा नेपालीले बनाएको रंगशाला छ । नेपालीले बनाएको सय–दुई सय तलाका घरहरू छन् । युवावस्थामा मेहेनत गरेका श्रमिक कमजोर भएपछि र स्वास्थ्य समस्या भएपछि देश फर्किने गरेका छन् । त्यसकारण रोजगारदाताले उसको स्वास्थ्यको जिम्मा लिनुपर्छ ।’

अब दुई देशबीच श्रम सम्झौता हुँदै यस विषयलाई सहमतिमा समावेश हुने मन्त्रालयले जनाएको छ ।

भारत, बंगलादेश, फिलिपिन्स लगायत वैदेशिक रोजगारीमा जाने मुख्य गन्तव्य देशले यस प्रस्तावका लागि तयार रहेको मन्त्री पौडेलको दाबी छ ।

‘यी सबै डब्लूएचओका सदस्य राष्ट्रहरु हुन् । ती सबै राष्ट्रहरुले हाम्रो प्रस्तावलाई समर्थन गर्नेछन्,’ मन्त्री पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्याे-सरकार जनतामाथि क्रुर बन्याे

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

सम्बन्धित

अमेरिकामाथि नेपालको शानदार जित

असार १५ सम्मको संसदीय क्यालेन्डरमा परेन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

सी जिनपिङसँग वार्तालगत्तै ट्रम्पको चेतावनी–ताइवानले आफूलाई स्वतन्त्र घोषणा नगरोस्

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ

संसद्‌मा निष्क्रिय प्रधानमन्त्री बालेन फेसबुकमा सक्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com