काठमाडौ १४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख देवराज घिमिरेले विपक्षी दलहरुसँग बार्गेनिङु गरेको आरोप लगाएका छन्।
बुधबार संसद् भवन परिसरमा पत्रकारहरुसँग बोल्दै उनले भने, ‘सार्वभौम सदनमा जनताको आवाज लिएर उपस्थित भएको प्रतिपक्षलाई बोल्ने गरी समय उपलब्ध गराइएन। सरकार पक्षलाई बोल्न दिने भए दिने, नत्र नदिने भनेर स्वयं सम्माननीय सभामुखले पनि बार्गेनिङ गर्दै गर्दा साँच्चै लज्जाबोध भएको छ आज।’
उनले गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति बनाउनुपर्ने माग यथावत रहेको जानकारी दिए। ‘यो सम्मानित सदनमा प्रतिपक्षले बोल्न पाउनुपथ्र्यो तर दिइएन,’ पराजुलीले भने, ‘हाम्रो माग यथावत छ। गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाइयोस् भनेर राखेका माग यथावत छन्।’







प्रतिक्रिया दिनुहोस्