ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलिको प्रदर्शनमा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जलाई निर्देशन


abc news

काठमाडौ १४ जेठ । भोलि बिहीबार काठमाडौँमा हुने दुई समूहको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जलाई निर्देशन दिइएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक ९एआईजी० टेकबहादुर तामाङले काठमाडौँ उपत्यका भित्रको शान्ती सुरक्षा सुदृढ बनाउन मातहतका प्रहरी इन्चार्जलाई निर्देशन दिएका हुन्।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार बिहान उपत्यका प्रहरी कार्यालय मातहतका सबै कार्यालयका प्रमुखलाई बोलाइएको थियो।
कार्यक्रममा काठमाडौँ प्रहरी प्रमुख, ललितपुर प्रहरी प्रमुख र भक्तपुर प्रहरी प्रमुख पनि सहभागी थिए।

यस्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, विमानस्थल सुरक्षा कार्यालयका प्रमुख र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पनि छलफलमा सहभागी थिए।

कार्यक्रममा एआईजी तामाङले काठमाडौँ उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्र पङ्त्तिमा खटिने प्रहरी कर्मचारीलाई सामूहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले काम गर्न निर्देशन दिएका छन्।

साथै बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको ख्याल गर्न पनि तामाङले इन्चार्जहरुलाई भनेका छन्।

यसअघि चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेको थियो। त्यतिबेला प्रहरीको भूमिकामा प्रश्न उठेको थियो।

प्रहरीले गलत समयमा बल प्रयोग गरेको र जतिबेला क्षति भयो त्यसलाई रोक्न नसकेको भन्दै आलोचना भएको थियो। जुन घटनालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयले पनि छानविन गरिरहेको छ।

त्यसको दुई महिनापछि काठमाडौँमा एकसाथ राजावादी पार्टी र समूह तथा गणतन्त्रको पक्षमा एमालेले प्रदर्शन गर्ने भएका छन्। यसअघि जस्तै प्रदर्शन हिंसात्मक हुन नदिन प्रहरीले सुरक्षा तयारी बारे छलफल गरेको हो।

जिल्ला प्रशासन कार्यालयमा पनि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बस्ने तयारी छ। दुई समूहको कार्यक्रम कहाँ हुने भन्ने अझै निश्चित भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com