ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेश सरकारले पनि ३ दिन गणतन्त्र दिवस मनाउँदै


abc news
जेष्ठ १४, २०८२ बुधबार  ११ : ५२ बजे

काठमाडौ १४ जेठ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेश सरकारको प्रशासनिक तथा आवस क्षेत्र रहेको मधेश भवनमा सरसफाइ गरिएको छ ।

गृह संचार तथा कानुन मन्त्रालयको आयोजनामा मधेश भवन परिसर आज बिहान सरसफाइ गरिएको हो ।

गृह संचार तथा कानुनमन्त्री राजकुमार लेखीको नेतृत्वमा मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले सरसफाइ गरेका हुन् । प्रशासनिक क्षेत्र हुँदै आवस क्षेत्रसम्म सरसफाइ गरिएको हो ।

मन्त्री लेखीले मधेश भवनमा गृह मन्त्रालय बाहेक अन्य मन्त्रालय नियमित सरसफाइको अभाव रहेको बताए ।

अन्य मन्त्रालय तथा कर्मचारीका आवस क्षेत्रमा नियमित सरसफाई भए वातावरण सफा एवं मधेश भवन बारे सकरात्मक संदेश बाहिर जाने उनको भनाइ थियो ।

उनले मधेशमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले अपारध न्यूनीकरण, समाजका लागि उत्कृष्ट र नतिजामुखी काम गरे मन्त्रालय त्यस अनुसारको सुविधा दिन सक्ने आश्वासन दिए ।

गणतन्त्र दिवस गृह मन्त्रालयले तीन दिवसीय कार्यक्रम गरी मनाउन थालेको छ । आज सरसफाइ कार्यक्रम थियो भने बिहीबार नेपाल पत्रकार महासंघद्वारा स्वतन्त्रता सेनानी उपाधि पाएका वरिष्ठ पत्रकारहरुलाई कदरपत्र र नगदसहित अभिनन्दन गर्ने कार्यक्रम राखेको छ ।

मधेशको आठवटै जिल्लाबाट दुई–दुईजना स्वतन्त्रता सेनानीहरुलाई अभिनन्दन गरिने मन्त्री लेखीले बताए ।

यस्तै शुक्रबार जानकी मन्दिर प्रांगणमा सरसफाइ र मानव सेवा आश्रममा भोजन गराउने कार्यक्रम मन्त्रालयले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्याे-सरकार जनतामाथि क्रुर बन्याे

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

सम्बन्धित

अमेरिकामाथि नेपालको शानदार जित

असार १५ सम्मको संसदीय क्यालेन्डरमा परेन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

सी जिनपिङसँग वार्तालगत्तै ट्रम्पको चेतावनी–ताइवानले आफूलाई स्वतन्त्र घोषणा नगरोस्

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ

संसद्‌मा निष्क्रिय प्रधानमन्त्री बालेन फेसबुकमा सक्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com