काठमाडौ १३ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् परियोजनालाई चाहेजस्तो गरी अघि बढाउन नसकेको बताएका छन् ।
परियोजना अघि नबढ्दा स्थानीय जनतालाई पीडा भएको आफूले महसुस गरेको उनले बताए ।
गोरखाको भिमसेन थापा गाउँपालिकास्थित खाञ्चोकमा पालिकाको प्रमुख प्रशासकीय भवन मंगबालर उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
आफू प्रधानमन्त्री हुँदा परियोजनालाई गति दिन पटक(पटक सरोकारवालासँग छलफल गरेको उनले बताए । तर, पनि चाहेजस्तो गरी परियोजना अघि बढ्न नसकेमा प्रचण्डले असन्तोष व्यक्त गरे ।
बुढीगण्डकी परियोजनाका लागि लगानी जुटाउन सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पाँच प्रतिशत कर रोकिएमा आफ्नै कार्यकालमा त्यसलाई निरन्तरता दिएर लगानी सुनिश्चितको प्रयास गरेको उनले बताए ।
बुढीगण्डकी आयोजना बहुआयामिक र राष्ट्रिय गौरवको आयोजना भएको बताउँदै उनले यो राष्ट्रको हितमा रहेको बताए ।
देशभर वितरणका दृष्टिकोणलाई गोरखाको बुढीगण्डकी जलविद्युत् परियोजना उपर्युक्त रहेको भन्दै उनले दलहरू र सरोकारवालाबीच सहमति जुटाएर अघि बढाइछाड्ने बताए ।







प्रतिक्रिया दिनुहोस्