ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरूबीच सहमति नजुट्दा संसद् बैठक स्थगित


abc news

काठमाडौ १३ जेठ । दलहरूबीच सहमति नजुट्दा प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बैठक भोलि बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखको नाम जोडिएपछि उनको राजीनामा माग्दै विपक्षीले विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले विपक्षी दलका नेताहरू माओवादी केन्द्रका वर्षमान पुन र रास्वपाका शिशिर खनाललाई बोल्न समय दिएका थिए। उनीहरूले आफ्नो धारणा राखेर विरोध गरिरहे।

त्यसपछि सभामुख घिमिरेले ३० मिनेटको लागि स्थगित गरेको बैठक अर्को सूचना टाँसेर २स्३० बजेसम्मका लागि स्थगित भयो। सभामुखले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका प्रमुख सचेतकसँग छलफल गरे। तर, उक्त छलफलमा पनि विपक्षी दलहरू गृहमन्त्री राजीनामाको विषयमा टसमस नभएपछि आजको बैठक कार्यसूचीमा प्रवेश नै नभई स्थगित भयो।

बिहान ११ बजे बस्ने भनिएको बैठक १२ बजेमात्रै सुरु भएको थियो। बैठक सुरु भएलगत्तै विपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताउँदै नाराबाजी गरेका थिए।

आज सहमति नजुटेपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com