ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जगदुल्ला ठेक्का प्रकरण, चिनियाँ कम्पनी जेसीईले अनुभवको नक्कली कागजपत्र पेस गरेको पुष्टि


abc news
जेष्ठ १२, २०८२ सोमबार  ५ : ४५ बजे

काठमाडौ १२ जेठ । जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्कामा चिनियाँ कम्पनीले नक्कली कगजपत्र पेस गरेको पुष्टि भएको छ।

१०६ मेगावाटको डोल्पामा बन्ने जगदुल्लामा प्राविधिक मूल्यांकनमा छनोट भएको जेसीई–एएनके जेभीले फर्जी कागज बनाएको फेला परेको हो।

सो आयोजनामा चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप० कर्पोरेसन लिमिटेड ९जेसीई० र नेपाली कम्पनी एएनकेले फर्जी अनुभवको कागजात देखाई ठेक्का प्रक्रियामा सहभागी भएको आरोप लागेको थियो।

जगदुल्ला हाइड्रोपावर कम्पनीले प्राविधिक मूल्यांकनमा छनोट हुन १०० मेगावाटको आयोजना निर्माण भएको हुनुपर्ने शर्त राखेको थियो। यसमा जेसीई–एएनकेले बोलपत्रमा सहभागी हुँदा हेझाउ साङचेङ इलेक्ट्रिक पावर कम्पनी लिमिटेडको १०२ मेगावाटको आयोजना बनाएको उल्लेख गरेको छ।

तर हेझाउ साङचेङले जगदुल्ला हाइड्रोपावर कम्पनीलाई चिठी पठाएर उक्त जेभीबाट आफ्नो नाम दुरुपयोग भएको उल्लेख गरेको छ।

‘नेपाली र चिनियाँ सञ्चारमाध्यममा कुनै अर्को कम्पनी सेङचेङ इलेक्ट्रिक पावर र सेङचेङ हाइड्रोपावर स्टेसनको नाम दुरुपयोग गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ’, जगदुल्ला कम्पनीलाई पठाएको पत्रमा भनिएको छ, ‘हाम्रो कम्पनीको नाम, नम्बर, लोगो प्रयोग गरी साङचेङ हाइड्रोपावर स्टेसनको आयोजना निर्माण गरेको भनी गलत दाबी गरेको देखिएको छ।’

‘हामीले कहिल्यै साङचेङ हाइड्रोपावर निर्माण सुनिश्चित वा सो परियोजना पूरा भएको भनी पत्र वा प्रमाणपत्र जारी गरेका छैनौँ’, कम्पनीले भनेको छ, ‘हाम्रो ९० मेगावाटको साङचेङ हाइड्रोपावर परियोजना विकास आर्थिक कारणले लामो समयअघि नै रद्द भएको थियो। र, त्यसपछि कहिल्यै निर्माणको चरणमा नगएको र अहिले अस्तित्वमै रहेको छैन।’

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका वरिष्ठ करार इन्जिनियर राजेन्द्र पन्थीले नक्कली कागजात पेस गरेको भनी इमेल प्राप्त गरेको बताए।

‘एउटा इमेल प्राप्त भएको छ। आधिकारिक हो वा होइन हामीले हेर्दै छौँ’, जगदुल्लाको मूल्यांकन समितिमा रहेका पन्थीले भने, ‘यदि नक्कली कागजपत्र पेस गरेको रहेछ भने कारबाहीको भागिदार हुन्छ।’

उनले ठेक्काको प्राविधिकसँगै आर्थिक प्रस्ताव खुले पनि मूल्यांकनकै चरणमा रहेको बताए।

‘हामी मूल्यांकनकै चरणमा छौँ। प्राविधिक प्रस्ताव पठाउँदा नै कुनै गलत विवरण दिए कारबाहीको भागिदार हुन्छौँ भनी हस्ताक्षर गरेको हुन्छ’, पन्थीले भने, ‘झूठा कागज प्रस्तुत गरेको प्रमाणित भए सम्बन्धित निकायमार्फत कारबाही हुन्छ।’

जगदुल्ला हाइड्रोपावरको ठेक्कामा झूठो कागजात बनाएको आरोपमा दुईवटा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।

जगदुल्ला हाइड्रोपावरको टेन्डर प्रक्रियामा ४ कम्पनी सहभागीमध्ये दुई चिनियाँ कम्पनीहरु सिनो हाइड्रो र नेपाली कम्पनी एएनकेसँग जेभी गरेको जेसीई मात्रै प्राविधिक मूल्यांकनमा छनोट भएका थिए। त्यसमा जेसीईले झूटा कागज प्रस्तुत गरेको आरोप लागेकामा अहिले त्यसको पुष्टि भएको हो।

एएनकेसँग जेभी गरेको जेसीई प्राविधिक मूल्यांकनमा छनोट भएलगत्तै चिनियाँ कम्पनी सिनो हाइड्रोले जेसीईले फर्जी कागजात पेस गरिएको भन्दै अख्तियारमा उजुरी गरेको थियो। नेपालमा धेरै जलविद्युत् आयोजना निर्माण अनुभव भएको चिनियाँ कम्पनी सिनो हाइड्रोले अर्को चिनियाँ कम्पनी जेसीईले जलविद्युतमा काम गरेको कुनै अनुभव नभएको भन्दै अख्तियारसँगै सार्वजनिक खरिद अुनगमन कार्यालयमा पनि उजुरी गरेको छ।

कम्पनीले आर्थिक प्रस्ताव खोलिसकेको छ। जसअनुसार जेसीई–एएनके जेभीले १३ अर्ब ७३ करोड रुपैयाँ र सिनो हाइड्रोले १५ अर्ब ७ करोड रुपैयाँमा प्रस्ताव गरेका छन्।

यसअनुसार कम कबोल गर्ने कम्पनीले पाउने नियमअनुसार जेसीई एएनकेले पाउने निश्चित भए पनि झूठो कागजात पेस गरेको पुष्टि भएसँगै यो ठेक्का प्रकरण थप जटिल बनेको छ।

जेसीईविरुद्ध हाई हिमालयन हाइड्रोले पनि उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अन्तिम निर्णय आउन बाँकी छ।

यो ठेक्का ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र जगदुल्लाका प्रमुख कार्यकारी सञ्जय सापकोटाको मिलेमतोमा जेसीई एएनके जेभीलाई दिने सेटिङ मिलाएको सुरुदेखि नै आरोप लागेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

चुनावअघि मन्दिर धाउँदै रास्वपा नेताहरू (भिडिओ/तस्विरसहित फिचर)

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com