काठमाडौ १२ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसले निरन्तर बमबारी गरिरहेकोमा आक्रोश व्यक्त गरेका छन्। उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पागलूको संज्ञा दिएका छन्।
यस क्रममा उनले रुसविरुद्ध थप प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको पनि बताएका छन्।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘रुसका भ्लादिमिर पुटिनसँग मेरो सधैँ धेरै राम्रो सम्बन्ध छ, तर उनलाई केही भएको छ। उनी पूर्ण रूपमा पागल भएका छन्१ उनी बिनाकारण धेरै मानिसहरूलाई मारिरहेका छन् र म सैनिकहरूको बारेमा मात्र कुरा गरिरहेको छैन। युक्रेनी सहरहरूमा बिना कारण मिसाइल र ड्रोन प्रहार गरिँदै छन्।’
ट्रम्पले अगाडि लेखेका छन्, ‘मैले सधैँ भन्ने गरेको छु( उनी युक्रेनको एक टुक्रा मात्र होइन, सम्पूर्ण युक्रेन चाहन्छन् र साय यो सत्य साबित हुँदै छ, तर उनले त्यसो गरे भने रुसको पतन हुनेछ१’
ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पनि आलोचना गरेका छन्।
उनले भनेका छन्, ‘राष्ट्रपति जेलेन्स्कीले बोल्ने तरिकाले आफ्नो देशलाई कुनै राम्रो गरिरहेका छैनन्। उनको मुखबाट निस्कने सबै कुराले समस्या सिर्जना गर्छन्, मलाई यो मन पर्दैन, यो बन्द भए राम्रो हुनेछ।’
यसअघि जेलेन्स्कीले अमेरिकाको मौनताु ले रुसका राष्ट्रपति पुटिनलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका थिए।







प्रतिक्रिया दिनुहोस्