ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफूविरुद्ध समाचार आएको भन्दै श्रम मन्त्रालयले गुहार्‍यो प्रहरी र प्रेस काउन्सिल


abc news

काठमाडौ ११ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफूविरुद्ध अफवाह र भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै नेपाल प्रहरी र प्रेस काउन्सिललाई गुहारेको छ।

मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता मेघनाथ रिमालले प्रेस विज्ञप्तिमार्फत यसको जानकारी दिएका हुन्।

उनले मलेसिया, इजरायल, जापान, कोरियालगायत देशमा नेपाली कामदार पठाउने निश्चित म्यानपावर व्यवसायीहरुलाई फाइदा पुग्ने गरी सिन्डिकेट गर्न लागिएको भनी विभिन्न सञ्चारमाध्यमबाट अफवाह फैलाइएको बताए।

यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको रिमालले उल्लेख गरेका छन्।

‘मन्त्रालयबाट हालसम्म कुनै निश्चित व्यवसायीलाई लाभ हुने गरी कुनै पनि निर्णय नभएको र भविष्यमा समेत यस प्रकारको निर्णय नहुने व्यहोरा सबैमा अनुरोध छ’, उनले भनेका छन्, ‘यस्ता अफवाह र भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने व्यक्ति समूहको पहिचान भएमा यस मन्त्रालयलाई तुरुन्तै आधिकारिक माध्यमबाट जानकारी गराइदिन हार्दिक अनुरोध छ।’

तर रिमालले कुन सञ्चारमाध्यमले के समाचार लेखे भन्ने जानकारी दिएका छैनन्।

‘साथै यस प्रकारको समाचार सम्प्रेषण गर्ने व्यक्ति, समूहमाथि कारबाही गर्न गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई र यस्ता भ्रामक सूचना र समाचार प्रसारण गर्ने गराउने सञ्चारमाध्यमलाई प्रचलित कानुनअनुसार अनुसन्धान र कारबाहीका लागि प्रेस काउन्सिललाई लेखिपठाइएकोले उक्त भ्रमपूर्ण एवं आधारहीन विषयको पछाडि नलाग्नुहुन सम्बद्ध सबै पक्षसँग यस मन्त्रालयको हार्दिक अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com