काठमाडौ ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिँदा पदबाट राजीनामा नदिएको विषयमा आपत्ति जनाएको छ। आइतबार पार्टी केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कार्यबाहक प्रवक्ता मनीष झाले राज्यले दोहोरो मापदण्ड बनाउन नहुने बताएका हुन्।
कसैलाई अभियुक्त बनाएकै आधारमा थुनामा हालिएको छ। तर, कसैलाइ आरोप लागेपछि प्रमाणित भएमात्र राजीनामा दिनुपर्नेरु कि नयाँ पार्टीकालाई आरोप लागे पुग्ने, पुराना पार्टीकालाई प्रमाणित हुनुपर्ने होरुु उनले प्रश्न गरे।
त्यस्तै उनले आगामी प्रतिनिधिसभा बैठकमा यस विषयमा रास्वपा कडा रुपमा प्रस्तुत हुने पनि बताए।
म तपाईहरूलाई रास्वपाले के गर्छ भनेर अहिले नै भन्न चाहन्नँ। तर, यति चाहिँ भन्छु( पर्सिको बैठक सामान्य हुनेछैनु झाले भने।
सहकारी ठगी प्रकरणको आरोप लागेका रास्वपाका सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोध साँधेको आरोप उक्त पार्टीको छ। यसै विषयलाई जोडेर भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने उनीहरूको माग छ।







प्रतिक्रिया दिनुहोस्