ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वित्तीय प्रणालीमा १ खर्ब तरलता भएपछि निक्षेप संकलन मार्फत खिच्दै राष्ट्र बैंक


abc news

काठमाडौ ११ जेठ । नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न हम्मे परेको छ । स्थायी निक्षेप मार्फत प्रणालीको तरलता व्यवस्थापन नभएपछि साताको ३ पटकसम्म निक्षेप संकल उपकरण मार्फत तरलता खिच्ने गरेको हो ।

गत साता मात्रै दुई पटक निक्षेप संकलन गरेको केन्द्रीय बैंक यो साता पहिलो दिन आइतबार फेरि २१ दिन अवधिको ३० अर्ब निक्षेप संकलन जारी गरेको छ ।

वैशाख मध्यमा केन्द्रीय बैंकले एक साता अवधिको ३ पटकसम्म निक्षेप संकलन उपकरण प्रयोग गरेको थियो । आइतबार यसभन्दा अघिको २७ अर्ब ५० करोडको निक्षेप संकलन परिपक्व भएसँगै वित्तीय प्रणालीमा करिब ९१ अर्बको तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन प्रयोग गरेको हो ।

आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा अधिक भएको तरलता स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत कुल ३ खर्ब ६२ अर्ब केन्द्रीय बैंकमा राखेका छन् । यो रकममध्ये निक्षेप संकलन उपकरणको १ खर्ब ९० अर्ब र स्थायी निक्षेपको १ खर्ब ७२ अर्ब ७५ करोड रुपैयाँ छ ।

स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा रहेको अधिक तरलता ३ दिनका लागि प्रणालीबाट केन्द्रीय बैंकमा रहन्छ । त्यसैगरी पछिल्लो समयको निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकमा गएको पैसा २१ दिनका लागि ‘होल्ड’ हुन्छ ।

स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा बैक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदर पाउँछन् । तर, निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोल मार्फत निर्धारण हुन्छ । ८ जेठमा निक्षेप संकलनको औसत ब्याजदर २।९९५८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com