ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराष्ट्रपति भण्डारी बेइजिङमा, चीन सरकारले दियो उच्च सम्मान


abc news

काठमाडौ ११ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको दश दिने भ्रमणका क्रममा राजधानी बेइजिङ आइपुगेकी छिन् । ग्वान्झाओ प्रान्त हुँदै आज बिहान आएकी पूर्वराष्ट्रपति भण्डारी र उनको भ्रमण दललाई चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकारका अधिकारी एवं चीनका लागि नेपाली राजदूत डा। कृष्णप्रसाद ओलीले दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

पूर्वराष्ट्रपति भण्डारीको भ्रमण दललाई चीन सरकारको राजकीय आवास गृह दियाओ थाईमा राखिएको छ । चीन सरकारले उनलाई विदेशी सरकारप्रमुखसरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको छ ।

भण्डारीले राष्ट्रपतिको हैसियतमा ११ देखि २० वैशाख ०७६ मा चीनको राजकीय भ्रमण गरेकी थिइन् । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन गएकी थिइन् । यस्तै, राष्ट्रपति रहँदा भण्डारीको निमन्त्रणामा चिनियाँँ राष्ट्रपति सी जिनपिङले २५–२६ असोज ०७६ मा नेपालको राजकीय भ्रमण गरेका थिए ।
राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीको यो पहिलो भ्रमण हो ।
बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा उनको सहभागिता रहनेछ ।

चिनियाँ कम्युनिस्ट पार्टी र विदेश मन्त्रालयद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद कार्यक्रममा सहभागी हुन इन्डोनेसिया, लाओसलगायतबाट वरिष्ठ नेताहरू पनि आइपुगेका छन् ।

उनको भ्रमण दलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमेत छन् । पूर्वराष्ट्रपतिको भ्रमण दलमा एमाले सचिव तथा परराष्ट्र विभाग प्रमुख रहेका पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारी, एमाले नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापा, एमाले सांसद देवी भट्टचन, एमाले नेतृ एवं पूर्वसांसद गोमा देवकोटा, स्वर्गीय मदन भण्डारीका भाइ डा। कैलाश भण्डारी, भण्डारी राष्ट्रपति हुँदाका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारी र सार्वजनिक प्रसारण संस्थानका अध्यक्ष डा। महेन्द्र विष्ट सहभागी छन् । पूर्वराष्ट्रपतिको भेटवार्ताहरूमा बेइजिङमा चीनका लागि नेपाली राजदूत डा। कृष्णप्रसाद ओली पनि सहभागी हुनेछन् ।
पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान झेङलगायत उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने भनिएको छ, तर विस्तृतमा यसबारे जानकारी सार्वजनिक गरिएको छैन ।

भण्डारी मंगलबार गान्सु प्रान्त हुँदै सिचुआनको छेन्दु भएर १९ जेठमा स्वदेश फर्किने भ्रमण तालिका तय भएको छ ।
आज साँझ नेपाली भ्रमणदल चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा आयोजित स्वागत समारोह तथा रात्रिभोजमा सहभागी हुनेछ । रात्रिभोजमा चीनको छिमेकी मुलुकहरूबाट आमन्त्रित नेताहरूसमेत सहभागी हुनेछन् । उनीसहित चीनको छिमेकी देशहरूबाट निम्ता गरिएका उच्चस्तरीय पाहुनालाई चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओलगायतले स्वागत गर्ने कार्यक्रम छ । पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओबिच सोमबार अपराह्न भेटवार्ता हुनेछ ।

भण्डारी सोमबार छिमेकी मुलुकहरूका राजनीतिक दलहरूसँग चिनियाँ कम्युनिस्ट पार्टीको संवाद शीर्षक दिइएको कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् र समारोहलाई सम्बोधन गर्नेछिन् । सोही समारोहपछिको सत्रमा एमाले नेताद्वय महासेठ र थापाले चिनियाँ कम्युनिस्ट पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उद्योगमन्त्री भण्डारीले पनि कार्यक्रमको सत्रलाई सम्बोधन गर्नेछन् ।

मंगलबार पूर्वराष्ट्रपति भण्डारीले बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ नेता माओत्सेतुङको समाधि हलको र फरबिडन सिटीको भ्रमण गर्ने कार्यक्रम छ । उद्योगमन्त्री भण्डारीले चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेडकाका नेतासँग भेटवार्ता गर्ने तय भएको छ । मदन भण्डारी फाउन्डेसनका अधिकारी र भण्डारीले चाइना पिस डेभलपमेन्ट फाउन्डेसनमा नेताहरूसँग बेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । मंगलबारै बेइजिङ इकोनोमिक डेभलपमेन्ट डिस्ट्रिक्टको भ्रमण समेर पूर्वराष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डल गान्सु प्रान्त जाने कार्यक्रम छ ।

बुधबार र बिहीबार भ्रमण दलले गान्सु प्रान्तको डुनहुवाङमा सहरका विभिन्न विकास मोडलको अवलोकन गर्ने कार्यक्रम छ ।
पूर्वराष्ट्रपति नेतृत्वको प्रतिनिधिण्डलले चिनियाँ शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछ ।

शुक्रबार पूर्वराष्ट्रपति भण्डारीले चीन सरकारद्वारा गान्सु प्रान्तको डुनहुवाङ सहरमा आयोजित सभ्यताहरूबिच आदान–प्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रमको उद्घाटन समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ । उनी कार्यक्रमको मुख्य अतिथि रहनेछिन् । कार्यक्रममा लाओसका राष्ट्रिय सभाका उपाध्यक्षसहित विभिन्न देशबाट राजनीतिक नेताहरू सहभागी हुने कार्यक्रम छ । पूर्वराष्ट्रपति भण्डारीले गान्सु प्रान्तस्थित चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता तथा सरकारी उच्च अधिकारीसँग पनि भेटवार्ताको कार्यक्रम छ ।

पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल शनिबार उच्च गतिको रेलमा गान्सु प्रान्तकै जियायुगुआन भ्रमणमा जाने कार्यक्रम छ । आइतबार जियायुगुआनबाट प्रतिनिधिमण्डल सिचुआन प्रान्तको छेन्दु पुग्ने र सोमबार स्वदेश फर्किने कार्यक्रम छ । छेन्दुमा पूर्वराष्ट्रपति भण्डारीलाई चिनियाँ कम्युनिस्ट पार्टीका नेताले स्वागत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com