ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३९ हजार सवारी साधन कारवाहीमा,


admin

झापा, ११ चैत । चालू आर्थिक वर्षको आठ महिनामा झापामा ३९ हजार २५० सवारी साधन चालक कारवाहीमा परेका छन् ।

कारवाहीमा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आवमा कारवाहीमा परेका चालकबाट ट्राफिक प्रहरीले रु दुई करोड ४९ लाख ३९ हजार राजश्व संकलन गरेको छ ।

प्रहरी निरीक्षक राजेश राईका अनुसार चालू आवको फागुन मसान्तसम्ममा कारवाहीमा परेका चालकबाट उक्त राजश्व संकलन भएको हो । चालू आवको फागुन महिनामा मात्रै सबैभन्दा बढी राजश्व संकलन भएको थियो । प्रहरीका अनुसार फागुन महिनामा मात्रै पाँच हजार ९०० सवारी चालक कारवाहीमा पर्दा रु ५० लाख ९९ हजार राजश्व संकलन भएको हो ।

फागुन महिनामै दुई हजार एउटा मोटरसाइकल कारवाहीमा परेका छन् । जसबाट प्रहरीले रु १५ लाख ३० हजार ५०० राजश्व संकलन गरेको छ । त्यस्तै एक हजार ५१८ वटा ट्रक कारवाहीमा पर्दा रु १९ लाख ३८ हजार ५०० राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्नेमध्ये ७६२ वटा कार, जिप, भ्यानका चालक कारवाहीमा परेका छन् । जसबाट प्रहरीले रु पाँच लाख ९० हजार राजश्व संकलन गरेको छ ।

यता ६३२ वटा बस चालक करवाहीमा पर्दा रु चार लाख ३५ हजार राजश्व संकलन भएको छ । पाँच सय ८५ ट्र्याक्टर चालक कारवाहीमा पर्दा रु तीन लाख ८४ हजार ५०० राजश्व संकलन भएको बताइएको छ । त्यस्तै ४११ वटा ट्याम्पु र इ–रिक्सा कारवाहीमा पर्दा रु दुई लाख ४२ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आव ट्राफिक प्रहरीले रु तीन करोड १० लाख ६० हजार राजश्व संकलन गरेको थियो । गत वर्ष ५२ हजार ६२७ सवारी चालक कारबाहीमा परेका थिए । गत वर्ष पनि सबैभन्दा बढी दुई पाङ्गे्र सवारी अर्थात् मोटरसाइकल चालक नै कारवाहीमा परेका थिए । गत वर्ष २१ हजार २५३ वटा मोटरसाइकल चालक कारवाहीमा परेका थिए ।

वर्षेनी सवारी चाप बढ्नु र ट्राफिक नियम जानाजान उल्लङ्घन गर्नुले बढी सवारी चालक कारवाहीमा पर्ने गरेको प्रहरी निरीक्षक राईको भनाइ थियो । उहाँले राससलाई भन्नुभयो, “ट्राफिक नियम आफ्नै लागि हो भन्ने जान्दाजान्दै पनि सर्वसाधारणले ट्राफिक नियम पालना गर्दैनन् ।”

मापसे जरिवानामाबाट नौ लाख 

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु हुँदैन भन्ने ज्ञान सबैलाई छ तर पनि अटेरी गर्दै मादक पदार्थ सेवन गर्ने र सवारी साधन चलाउने ९१३ चालकलाई गरिएको कारवाहीबाट ट्राफिक प्रहरीले चालू आवको १० महिनामा रु नौ लाख १३ हजार राजश्व संकलन गरेको हो ।

ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा नियमित जाँच र छड्के जाँचका क्रममा कारवाहीमा पर्ने सवारी चालकमध्ये सबैभन्दा बढी मोटरसाइकल चालक नै रहेका छन् । मादक पदार्थ सेवन गर्ने ६९९ मोटरसाइकल चालक कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

धमाधम जनचेतना तर व्यवहारमा शून्य 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा दिनहुँजसो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर शिक्षित व्यक्ति नै दुर्घटनामा बढी पर्ने गरेका हुन् । विद्यालयस्तरबाटै ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सिकेको ज्ञानलाई व्यवहारमा नउतार्दा दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

चालू आवमा मात्रै ट्राफिक प्रहरीले तीन हजार ३९३ विद्यार्थीलाई ट्राफिक नियमका विषयमा जानकारी गराएको छ । २३ वटा विभिन्न विद्यालयमा प्रहरीले फरक फरक मितिमा कार्यक्रम गर्दै चेतना अभिवृद्धि गरे पनि प्रहरीले चलाएको अभियान सफल हुन सकेको छैन ।

ट्राफिक प्रहरीले सामुदायिक सेवामार्फत व्यावसायिक चालक तथा परिचालक र सर्वसाधारणलाई पनि सचेतना जगाउन कार्यक्रम सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com