ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिस्केट जात्राको तयारी तिव्र, जात्रामा सिसी क्यामरा जडान हुने


admin
चैत्र ११, २०७४ आईतबार  ४ : ०१ बजे

भक्तपुर, ११ चैत।  भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्राको तयारी तीव्र रुपमा भएको छ ।

विक्रम संवत्अनुसार सौरमासका आधारमा चल्ने सो जात्रा नववर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी आगामी वैशाख ५ गते रथ तानेर सम्पन्न गरिन्छ । गुठी संस्थानले रु तीन लाख २६ हजार खर्चेर सूर्यविनायक नगरपालिका चित्तपोलस्थित सल्लाघारीको वनबाट बिस्केट जात्राका लागि आवश्यक पर्ने लिङ्गो भेलुखेलस्थित ल्यासिंखेलमा ल्याइपु-याएको छ भने बिस्केटको रथसमेत निर्माण शुरु भएको छ ।

यही चैत २७ देखि वैशाख ५ गतेसम्म मनाइने जात्राका लागि भक्तपुर तौमढीस्थित पाँचतले मन्दिर परिसरमा प्यागोडा शैलीमा भैरव र भद्रकालीको रथ निर्माण शुरु भएको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

भैरव र भद्रकाली रथको माथिल्लो छानोको धुरा भाँच्चिएर रथ जीर्ण भए पनि यस वर्ष रथले नयाँ काठ भने नपाउने भएको छ । रथ मर्मतका लागि बारा अमलेखगञ्जस्थित सामुदायिक वनबाट ४५८ क्युफिट काठ ल्याइए पनि समयाभावका कारण यस वर्ष पुरानै काठबाट रथ निर्माण एवं मर्मत गरिनेछ । अर्को साल भने जीर्ण भएका ठाउँमा नयाँ काठको प्रयोग गरी रथ निर्माण गरिने सुवेदीले बताउनुभयो ।

जात्रा सम्पन्न गर्न करीब रु बीस लाख खर्च हुने अनुमान गरिएको छ । जात्रालाई ढुंगा हानाहान हुन र हिंसाबाट जोगाउन रथ तान्ने मार्गमा यस वर्ष पनि सिसी क्यामरा जडान गरिने छ । जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रजिअ द्रोण पोखरेलको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि, जात्रासँग सम्बन्धित स्थानीय व्यक्ति, सुरक्षा निकायका प्रमुख एवं सरोकार भएका कार्यालयका प्रतिनिधि सम्मिलित बैठकले रथको मार्ग छोट्याउने निर्णय गरेको छ ।

जात्राको शुरु र अन्तिम दिन साँझ गँहिटीबाट रथ तान्ने क्रममा माथिल्लो र तल्लो भेकका बासिन्दाबीच रथलाई आआफ्नो क्षेत्रमा तान्ने क्रममा ढुंगा हानाहान हुने गरेको छ । गत वर्ष २४ सिसी क्यामरा जडान गरिएको र यस वर्ष आवश्यक स्थानमा थप सिसी क्यामरा जडान गर्ने तयारी गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

जात्राको मार्ग गँहिटीबाट थने (माथिल्लो) टोल क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रय तथा क्वने (तल्लो) टोल टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखुमा सिसी क्यामरा जडान गरिने छ ।

गत वर्ष रथ तान्ने क्रममा एक जनाको ज्यान गएको थियो । ढुंगा हान्ने, हतियार देखाउने र होहल्ला गर्नेलाई सिसी क्यामराको सहयोगमा गत वर्ष कारवाही गरिएको थियो ।

मध्यपुरथिमिमा पनि जात्रा व्यवस्थित गर्न नगरपालिका आफैँ सक्रिय भएको छ । नगरपालिकाले नगर प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा जात्रा व्यवस्थित बनाउन छलफल गरेको छ । बोडेको महालक्ष्मीमा लिङ्गो उठाउने, सिन्दूरजात्रा मनाउने, २६ खट जात्रा गर्ने, जिब्रो छेड्ने लगायत जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक तयारी शुरु भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु, , २८ जना घाइतेको पहिचान खुल्यो

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

Balen deploys one ‘strategic card’ after another to defeat Oli

ट्रम्प निवासमा हतियारधारी प्रवेश : सुरक्षाकर्मीले गोली हानी हत्या

चुनावको मुखमा रास्वपा पहिरो जाने क्रम थामिएनः हल्लियो वैकल्पिक शक्तिको आधार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com