ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवा स्वरोजगार कोषको १ अर्ब बढी कर्जा दुरुपयोग, महालेखाले उठायो प्रश्न


abc news
बैशाख ३१, २०८२ बुधबार  ५ : ४७ बजे

काठमाडौ ३१ बैशाख । सरकारले ब्याजमा सहुलियत दिएर प्रदान गर्दै आएको कर्जा दुरुपयोग भएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ प्रतिवेदनमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत लगानी भएको १ अर्ब २२ करोड रकम दुरुपयोग भएको उल्लेख छ।

प्रतिवेदनमा यसरी स्थानीय तहलाई बजेट दिँदा पर्याप्त नगद योजना तर्जुमा नगरी दिएको उल्लेख गरेको हो। युवा तथा साना व्यवसायी स्वरोजगार कोषको विवरणअनुसार १ हजार २३९ सहकारी संस्थाबाट २०८१ असार मसान्तसम्म १ अर्ब ६ करोड ८५ लाख ९१ हजार साँवा तथा सोमा लाग्ने ब्याज १२ करोड ८१ लाख १९ हजार र हर्जाना ३ करोड ८८ हजारसमेत कुल १ अर्ब २२ करोड ६७ लाख ९८ हजार असुल गर्नुपर्ने प्रतिवेदनले उल्लेख गरेको हो।

भाखा नाघेको कर्जा तथा ब्याज अनुदान युवा तथा साना व्यवसायी स्वरोजगार कोष ९सञ्चालन० नियमावली, २०७७ को नियम १६ मा कर्जा लगानी गर्ने व्यवस्थाअनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत लगानी भएको रकम तोकिएको तालिकाअनुसार नबुझाउने तथा रकम दुरुपयोग गर्ने ऋणीलाई थप २ प्रतिशत ब्याज लाग्ने उल्लेख छ।

सोही व्यवस्थाअनुसार रहेर कर्जा असुल गर्न पनि बैंक तथा वित्तीय संस्थाहरूलाई भनेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

चुनाव दुई चरणमा नगरियोस् : प्रचण्ड

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com