ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैन – प्रधानमन्त्री ओली


abc news

काठमाडौ ३१ बैशाख । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ ९एनआरएनए० को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले गैरआवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्र प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले गैरआवासीय नेपाली संगठनलाई विधिसम्मत रूपमा सञ्चालन गर्न पनि आग्रह गरेका छन्। अहिलेको विश्व विधिको भएको हुँदा विधि तोडेर अघि बढ्ने कुरा स्वेच्छाचारिता हुने जिकिर गर्दै उनले राजनीतिक दलहरूका जनवर्गीय संगठन बन्नबाट एनआरएनएलाई जोगाउन आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीले भने, विधिसम्मत ढंगले तपाईँहरू चल्नुस्। यो विधिको दुनियाँ हो। विधिको जमाना हो। विधि तोडेर यस जमानामा अघि जान्छु भन्ने कुरा त स्वेच्छाचारिता हुन्छ, त्यसो गर्न हुँदैन। विधिसम्मत क्रियाकलापमा सरकारको सधैँ साथ रहनेछ। नेकपा एमाले, जसका अध्यक्ष उनी स्वयं हुन्, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहनेछ। एमालेले गैरआवासीय नेपाली संगठनलाई आफ्नो दलीय हितमा प्रयोग गर्ने छैन। डायस्पोराको र देशको हितमा मात्र प्रयोग गर्नेछ।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संगठनलाई कसैको स्बार्थका लागि प्रयोग हुनबाट जोगाएर देशको हितमा समर्पित बनाउनुपर्नेमा जोड दिए । उनले विधिसम्मत रूपमा गरिने काममा सरकारको निरन्तर साथ रहने पनि स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com