काठमाडौ ३१ बैशाख । महालेखापरीक्षकको कार्यालयले जलविद्युत् आयोजनाको रोयल्टी बक्यौता उठाउन भनेको छ।
विद्युत ऐन, २०४९ को दफा ११ मा जलविद्युत् आयोजनाले नेपाल सरकारलाई रोयल्टी बुझाउनुपर्ने व्यवस्थाअनुरुप ४३ करोड बाँकी रहेको कार्यालयले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको हो।
विद्युत विकास विभागको अभिलेखअनुसार विभिन्न जलविद्युत् आयोजनाबाट २०७९र८० सम्म २८ करोड ६९ लाख ९५ हजार र ०८०र०८१ मा १६१ जलविद्युत् कम्पनीबाट ३ अर्ब ५८ करोड ९७ लाख ७ हजारसमेत कुल रोयल्टी ३ अर्ब ८७ करोड ६७ लाख २ हजारमध्ये ३ अर्ब ४४ करोड ४४ लाख ४६ हजार असुल गरी ४३ करोड २२ लाख ५६ हजार असुल गर्न बाँकी रहेको देखिएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन। रोयल्टी बक्यौताको ब्याज तथा हर्जाना सम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्दछ।’
प्रतिक्रिया दिनुहोस्