ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपरेशन सिन्दूरु जारी छ, पाकिस्तानले सैन्य कारबाही गरे कडा जवाफ दिने – भारत


एबीसी न्यूज

काठमाडौं, २५ वैशाख । भारतले पाकिस्तानमा शुरू गरेको गरेको ‘अपरेशन सिन्दूर’ जारी रहेको जनाएको छ । रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा आज दिल्लीमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा रक्षामन्त्री सिंहले सबैलाई ‘अपरेशन सिन्दूर’ को बारेमा जानकारी दिनुभएको केन्द्रीय संसदीय कार्यमन्त्री किरेन रिजिजूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मन्त्री रिजिजूले ‘अपरेशन सिन्दूर’ निरन्तर चल्ने अपरेशन रहेको र सर्वदलीय बैठक प्रभावकारी रूपमा सम्पन्न भएको बताउनुभयो । यस्तै सर्वदलीय बैठकमा सबै दल र नेताहरूले सरकारलाई पूर्ण समर्थन गर्दै सेनाको आक्रमणमा साथ रहेको विश्वास दिलाएका खबरमा उल्लेख छ ।

यसैबीच भारतका विदेशमन्त्री एस जयशङ्करले पाकिस्तानले भारतविरुद्ध सैन्य कारबाही गरे कडा जवाफ दिइने बताउनुभएको छ । इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशङ्करले पाकिस्तानलाई चेतावनी दिनुभएको हो ।

यस्तै पाकिस्तानले भारतबाट दोस्रो आक्रमण भएको आरोप लगाएको छ । राजधानी इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी सेनाका प्रवक्ताले भारतले देशविरुद्ध दोस्रो स्पष्ट सैन्य आक्रमण गरेको दाबी गरेका खबरमा उल्लेख छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच तनाव चर्किँदै जाँदा मध्यस्थताको प्रस्ताव गर्नुभएको छ ।

२६ जना पर्यटकको ज्यान जाने गरी जम्मू–कश्मीरको पहलगाममा गएको महिना भएको आतङ्कवादी आक्रमणाको दुई हप्तापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न ठाउँमा शृङ्खलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको आक्रमणबाट कम्तीमा ३१ जना र पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेटस् बैशाख २५, २०८२

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com