ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशम चौधरी रिहा, अनधिकृत पत्र लेख्ने सर्वोच्चका अधिकृत विष्ट पक्राउ


एबीसी न्यूज
बैशाख १७, २०८२ बुधबार   ५ : ५७   बजे

काठमाडौं १७ बैशाख । आज दिउँसो प्रज्ञा प्रतिष्ठान भवनमा जनमत पार्टीसँगको एकीकरण घोषणाको तयारी भइरहँदा पक्राउ पर्नुभएका नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का संरक्षक रेमश चौधरी रिहा हुनुभएको छ ।

चौधरीलाई पक्राउ गर्न प्रहरीले प्रयोग गरेको सर्वोच्च अदालतको भनिएको पत्र नै अनधिकृत रहेको पाइएपछि चौधरी आजै रिहा हुनुभएको हो । बिहान सर्वोच्च अदालतले चौधरीलाई थुनामा पठाउन पत्र काटेको भन्दै प्रहरीले दिउँसो पक्राउ गरी चौधरीलाई डिल्लीबजार कारागारमा पठाएको थियो ।

तर सर्वोच्च अदालतमा यो विषयमा तत्काल कुनै पनि न्यायाधीशबाट आदेश नभई कसरी पत्र गयो भनेर हल्लाखल्ला भयो । सर्वोच्च अदालतले अनधिकृत पत्र गएको निष्कर्षसहित पत्र पठाउने सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीको जिम्मा लगाइदियो ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति निकालेर सर्वोच्चका कर्मचारीबाट अनधिकृत पत्र लेखेको जानकारी गराउनुभएको छ । विज्ञप्तिमा अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाही प्रक्रिया शुरू भएको उल्लेख छ ।

चौधरीलाई प्रहरीले पक्राउ गरेपछि जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा कार्यक्रम स्थगित भएको छ । कमलादीमा रहेको प्रज्ञा भवनमा एकता घोषणाको तयारी भइरहँदा कार्यक्रम स्थलबाटै चौधरी पक्राउ परेपछि घोषणा स्थगित गरेको जनमत पार्टीका अध्यक्ष सीके राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group