काठमाडौं १६ बैशाख । टीकापुर नगर समितिद्वारा टीकापुर–९, झुङ्गामा आयोजित खबरदारी सभामा विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।
उक्त सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा टीकापुर नगर अध्यक्ष प्रकाश अधिकारी, नेकपा एमालेबाट अर्जुन गहतराज, शुशिल गोडिया र अमर बम साथै नेपाली कांग्रेसबाट प्रकृति ढुंगाना लगायत नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो।
उहाँहरूलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिका र माला लगाई पार्टीमा स्वागत गर्नुभयो।







प्रतिक्रिया दिनुहोस्