ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौँडा अस्पतालमा तोडफोड गर्ने ६ जना पक्राउ


एबीसी न्यूज

काठमाडौं ४ बैशाख । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा तोडफोड गर्ने ६ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
गत आइतबार बिहान १० बजेतिर अस्पतालको बोर्ड तोडफोड गरेका उनीहरूलाई बिहीबार आज० साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।

हेटौँडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत हुन नहुने भन्दै बोर्ड फुटाउने हेटौँडा–५ का विशालराज महत, हेटौँडा–४ का सुनील गिरी, हेटौँडा–६ का सफल अधिकारी, मकवानपुरगढी–५ का राजकुमार घिमिरे, अस्मित अधिकारी र समुन्द्र दाहाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि बोर्ड मेटाउन प्रयोग भएको म्याजिक भ्यान मंगलबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो।

साविक जिल्ला अस्पतालको रुपमा सञ्चालित हेटौँडा अस्पताल संघीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राख्ने निर्णय गरेको थियो।

प्रतिष्ठान मातहत रहने गरी हेटौँडा अस्पताललाई आगामी दिनमा शिक्षण अस्पतालको रुपमा विकसित गर्ने योजनासहित भौतिक पूर्वाधार विकास, सेवा विस्तार लगायतको कार्य भइरहँदा हेटौँडा अस्पताल र प्रतिष्ठानलाई अलग गर्नुपर्ने भन्दै राजनीतिक दल, भ्रातृ संगठनसहित विभिन्न समूहले बेलाबेला आवाज उठाउँदै आएका छन्।

यता, पक्राउ परेका ६ जनालाई प्रहरीले हिरासतमा राखेको भन्दै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौँडा–१, चाइना क्वार्टर अगाडि टायर बालेर एक घण्टा सडक अवरुद्ध गरेका थिए।

पक्राउ पर्नेहरूको रिहाइको माग गर्दै नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले सडक अवरुद्ध गरेका हुन्। उनीहरूले हेटौँडा अस्पतालको संरक्षण गर, पक्राउ परेकालाई रिहा गर लगाएतको नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

त्रिशूली नदीमा दुई बालिका बेपत्ता:बिहानैबाट खोजी कार्य सुरु

सम्बन्धित

युवा स्वरोजगार कोषको १ अर्ब बढी कर्जा दुरुपयोग, महालेखाले उठायो प्रश्न

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

प्रदेश सरकारहरूको बेरुजु ५ अर्ब बढी, सबैभन्दा धेरै मधेशमा

एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैन – प्रधानमन्त्री ओली

सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्वपूर्ण –  परराष्ट्रमन्त्री

नेपाल टेलिकम र एनसेलबाट ५ अर्ब असुल्नुपर्ने महालेखाको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com