ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्ष पर धकेलियो रास्वपाको महाधिवेशन, तोकियो नयाँ मिति


एबीसी न्यूज

काठमाडौं ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महाधिवेशन सार्ने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय, चःमती, वनस्थलीमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन सार्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। अब रास्वपाको महाधिवेशन झन्डै एक वर्षपछि धकेलिएको छ।

सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएपछि महाधिवेशन हुने कि नहुनेमा अन्योल थियो।

यसै विषयमा निर्णय लिन बिहीबार बसेको बैठकले घोषणा गरेको मितिमा महाधिवेशन गर्न नसक्ने निष्कर्ष निकाल्दै नयाँ मिति तोकेको हो।

२०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको झाको भनाइ छ।

त्यसअघि २०८२ असोजसम्ममा वडा अधिवेशन, कात्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ।

यसअघि केन्द्रीय अधिवेशन यही वैशाख २५, २६ र २७ गते महाधिवेशनको मिति तोकिएको थियो।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भइसकेको छ। ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ। सातवटै प्रदेशमा समिति गठन भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

त्रिशूली नदीमा दुई बालिका बेपत्ता:बिहानैबाट खोजी कार्य सुरु

सम्बन्धित

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश पोखरेलको इजलासमा

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

रविको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन, कारण स्पष्ट भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com