ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाको सह-महामन्त्रीबाट सुमनाले राजीनामा दिने


एबीसी न्यूज

काठमाडौं ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिने भएकी छन्।

आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने जानकारी आफूले पाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

‘सांसद र पार्टी पदाधिकारीको भूमिका एकसाथ निर्वाह गर्न समस्या भएपछि उहाँले राजीनामा दिन लाग्नु भएको हो,’ झाले नेपालखबरसँग भने, ‘यसमा अन्यथा केही छैन। एक व्यक्ति एक पदको अवधारणाअनुसार उहाँले राजीनामा दिने तयारी गर्नु भएको हो। राम्रो अभ्यास, राम्रो संस्कारको लागि आफूले यसो गर्न लागेकोसमेत उहाँले हामीलाई बताउनु भएको छ।’

बिहीबार दिउँसो २ बजे बस्ने रास्वपा केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने झाले बताए।

२०८० पुसमा महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो। त्यही बैठकबाट श्रेष्ठ पार्टीको सहमहामन्त्री भएकी थिइन्।

सभापति रवि लामिछाने पछिल्लो पटक पार्टीमा फर्किएपछि भएको केन्द्रीय समिति बैठकमा उनले पार्टीमा पुनर्संरचना आवश्यक छ भन्ने प्रस्तावसमेत गरेकी थिइन्।

‘त्यसैलाई समर्थन गर्दै उहाँले एक व्यक्ति एक पदको अभ्यास गर्न खोज्नु भएको हो। पार्टीको सचिवालयमा बस्ने अनि विधायिकी भूमिका पनि निर्वाह गर्न गाह्रो हुँदो रहेछ भनेर उहाँले राजीनामा दिन लाग्नु भएको हो। म सांसदकै भूमिकामा केन्द्रित हुन चाहन्छु। त्यहाँ अध्ययन, अनुसन्धान आवश्यक छ भन्ने उहाँको मान्यता छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

त्रिशूली नदीमा दुई बालिका बेपत्ता:बिहानैबाट खोजी कार्य सुरु

सम्बन्धित

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

प्रदेश सरकारहरूको बेरुजु ५ अर्ब बढी, सबैभन्दा धेरै मधेशमा

एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैन – प्रधानमन्त्री ओली

सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्वपूर्ण –  परराष्ट्रमन्त्री

नेपाल टेलिकम र एनसेलबाट ५ अर्ब असुल्नुपर्ने महालेखाको निष्कर्ष

प्रत्यक्ष निर्वाचित कार्यकारी र सांसदलाई मन्त्री नबनाउने प्रणालीमा जाऔँ- नारायणकाजी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com