ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले चीनमा प्रतिशोधात्मक कर २४५ प्रतिशत पुर्‍यायाे


एबीसी न्यूज

काठमाडौं ४ बैशाख । अमेरिकाले चीनमा २४५ प्रतिशत कर लगाएको छ । चीनले अमेरिकाबाट आउने सामानमा लगाएको १२५ प्रतिशत कर अर्थात अतिरिक्त भन्सार महसुलको जवाफमा अमेरिकाले उल्टै चीनमा २४५ प्रतिशत कर लगाएको बीबीसीले जनाएको छ ।

अमेरिकाविरुद्धको प्रतिशोधात्मक कारबाहीका कारण चीनले अब २४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्नुपर्ने ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशहरूमा १० प्रतिशत भन्सार लगाएको र अमेरिकाको सबैभन्दा ठूलो व्यापार घाटा भएका देशहरूमा पारस्परिक रूपमा उच्च भन्सार लगाएको पनि यसमा भनिएको छ ।

७५ भन्दा बढी देशहरूले नयाँ व्यापार सम्झौताहरूमा छलफल गर्न पहिले नै सम्पर्क गरिसकेकोले चीनबाहेकका देशमा उच्च भन्सार शुल्कहरू स्थगित गरिएको ह्वाइट हाउसले बताएको छ ।

यसैबीच ट्रम्पको कर वृद्धिका कारण यस वर्ष विश्वव्यापी व्यापारमा गिरावट आउने विश्व व्यापार सङ्गठन ९डब्ल्यूटीओ० ले प्रक्षेपण गरेको छ ।

पारस्परिक भन्सार र राजनीतिक अनिश्चितता जस्ता प्रमुख समस्याहरू बढेमा विश्वभर सामानको व्यापार अझ घट्न सक्ने यसले बताएको छ ।

डब्ल्यूटीओले यसअघि यो वर्ष सन् २०२५ मा विश्वव्यापी सामान व्यापार २।७ प्रतिशतले बढ्ने अनुमान गरेको थियो, तर अब यो ०।२ प्रतिशतले घट्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

चीनमा बनेको पाकिस्तानी जेटले भारतीय लडाकु विमान खसालेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता

सम्बन्धित

गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौँ: राष्ट्रपति

ट्रम्पले भने- युक्रेनले पुटिनको प्रस्ताव मान्नुपर्छ

गण्डकी त्रिभुज परियोजना कार्यान्वयन नभएकामा वर्षमानको असन्तुष्टि

गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश- प्रधानमन्त्री

जेलेन्स्कीले भने: बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु

छत्तीसगढमा २ गाडी ठोकिँदा १३ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com