ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकासँग व्यापार युद्ध लड्न तयार रहेको चीनको चेतावनी


एबीसी न्यूज

काठमाडौं ३ बैशाख । चीनले अमेरिकासँग व्यापार युद्ध लड्न तयार रहेको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा आउने कुरा चीनमा निर्भर रहेको बताएपछि चीनले व्यापार युद्ध लड्न नडराउने चेतावनी दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिका वार्तामार्फत समस्या समाधानका लागि गम्भीर नभएको दाबी गर्दै अमेरिकाले शुरू गरेको व्यापार युद्ध लड्न आफूहरू नडराउने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिका संवाद र वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहेमा उसले चेतावनी र ुब्ल्याकमेलिङु जस्ता अत्यधिक दबावको नीति रोकेर समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्ने जियानको भनाइ छ । उहाँले वार्ताका लागि अमेरिकालाई पुनः आह्वान भने गर्नुभएको छ ।

ट्रम्पले शुरूमा फेन्टानिल आपूर्तिमा चीनको भूमिका रहेको दाबी गर्दै चीनबाट आयात हुने सामानमा कर लगाउनुभएको थियो । त्यसयता ट्रम्पले चीनबाट आउने धेरैजसो सामानमा थप १४५ प्रतिशत आयात कर लगाउनुभएको छ । चीनले पनि अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ ।

अमेरिकासँगको व्यापार युद्धकै बीच चीनले गएको जनवरीदेखि मार्चसम्मको अवधिमा आफ्नो कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० अघिल्लो वर्षको तुलनामा ५ दशमलव ४ प्रतिशतले वृद्धि भएको घोषणा गरेको छ । यो तथ्याङ्क अपेक्षा गरिएकोभन्दा बढी हो । तर यो वृद्धि अमेरिकी भन्सार शुल्क बढ्नुअघिको हो ।

यसैबीच चीनले नयाँ व्यापार दूत नियुक्त गरेको छ । ली चेङगाङले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि तथा वाणिज्य उपमन्त्रीको भूमिका निर्वाह गर्नुहुने चीनको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा उल्लेख छ । यसअघि उहाँ चीनका पूर्वसहायक वाणिज्यमन्त्री तथा विश्व व्यापार सङ्गठनका राजदूत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com