काठमाडौं ३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा १ बमोजिम दुवै सदनको अधिवेशन वैशाख १२ गते दिउँसो १ बजेलाई आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वैशाख १२ गते शुक्रबारका दिन संसद्को बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।
यो अधिवेशनमा सरकारले आर्थिक वर्ष २०८२र०८३ को बजेट पेस गर्नेछ।
प्रतिक्रिया दिनुहोस्