ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले कर्मथलोमा फर्किन आग्रह गरे पनि शिक्षकहरुकाे आन्दोलन निरन्तर रहने


एबीसी न्यूज

काठमाडौं ३ बैशाख । नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको आन्दोलन निरन्तर रहने जनाएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको तर आफूहरूले उठाएका मागप्रति सरकार अझै पनि अनुदार रहेको भन्दै आन्दोलन नरोकिने बताउनुभएको छ ।

उहाँले आज पनि हिजोअस्ति जस्तै माइतीघरमा दिउँसो १२ बजे शिक्षकहरु भेला भएर विरोध प्रदर्शन गर्ने सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्नेलगायतका माग राखेर देशभरका शिक्षकहरुले १५ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

उनीहरूले एसईईको उत्तरपुस्तिका जाँच, कक्षा १२ को परीक्षा र नयाँ भर्ना अभियानसमेत बहिस्कार गरेका छन् ।

यसअघि हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन छाडेर विद्यालयमा फर्किन शिक्षकहरूलाई आग्रह गरेको थियो ।

साथै सरकारले सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।

सङ्घीय संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमा गर्नुभएको अनुरोध स्

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com