ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाको प्रस्ताव अनुसार गभर्नर नियुक्त गर्न ओली लचक


एबीसी न्यूज

काठमाडौं २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा छलफल भएको छ।

बिहान ११ बजे सुरू भएर करिब ४५ मिनेट भएको भेटमा गभर्नर नियुक्ति र शिक्षक आन्दोलनको विषयमा मुख्यतः छलफल भएको थियो। ओलीसँगको अधिकांश भेटघाटमा कोही न कोही नेता साथै लिएर जाने देउवा मंगलबार एक्लै बालुवाटार पुगेका थिए।

नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ओलीले नीलम ढुंगानालाई अगाडि सारिरहेका बेला देउवाले त्यसमा विमति जनाएका थिए। उनले आफूले दिने नामबाट नियुक्ति गर्नुपर्ने बताएका थिए।

नीलम हाल डेपुटी गभर्नरका हैसियतमा कायममुकायम गभर्नरका रूपमा काम गरिरहेकी छिन्।

यसपटक महिलालाई राष्ट्र बैंकको नेतृत्व दिनुपर्छ भन्ने ओलीको प्रस्ताव थियो।

‘कतै बाहिरबाट ल्याउनुपर्ने होइन, भित्रै स्वाभाविक दाबेदार उम्मेदवार हुनुहुन्छ, ट्यालेन्ट पनि हुनुहुन्छ, महिला पनि हो,’ ओलीको प्रस्तावबारे बालुवाटार स्रोतले भन्यो।

तर, त्यसमा देउवा सहमत भएनन्।

नीलमलाई अघि बढाउन खोजेको कुरा पुष्टि गर्दै देउवानिकट स्रोतले भन्यो, ‘उहाँ ९ओली०को कुरा पहिलादेखि नै त्यही छ, त्यो स्वाभाविक पनि हो। तर, कांग्रेसले त्यो कुरा मान्दैन। गभर्नर कांग्रेसकै प्रस्तावअनुसार नियुक्त हुन्छ। कुरा मिल्दै छ।’

केहीबेरको छलफलपछि देउवाको प्रस्तावमा ओली लचक भएको स्रोतले बताएको छ।

कांग्रेस नेतृत्वले गुणाकर भट्ट, राजेन्द्रकुमार क्षत्री, ज्ञानेन्द्र ढुंगाना र रवीन्द्र पाण्डेमध्ये एक जनालाई अघि सार्ने गरी कुरा भइरहेको देउवानिकट नेताहरूको भनाइ छ।

गभर्नर पद चैत २५ गतेदेखि रिक्त छ। सत्ता गठबन्धनमा कुरा नमिल्दा गभर्नर सिफारिसका लागि अर्थमन्त्री नेतृत्वको समितिले पनि काम गर्न सकिरहेको छैन। कानुनतः पद रिक्त हुनुभन्दा एक महिनाअगावै गभर्नर नियुक्तिको व्यवस्था गरिसक्नुपर्ने व्यवस्था छ।

मन्त्रिपरिषद् बैठक मंगलबार नै साँझ बस्दै छ।

सरकार ढल्ने चर्चाका बीच आज भएको छलफलपछि त्यस खालको अन्योल र आशंका पनि निवारण भएको ती नेताले बताए।

‘सरकार ढल्ने कुरा हल्ला चलाएर हुँदैन,’ ती नेताले भने, ‘यसअघि प्रचण्ड सरकार ढल्दा पनि हल्ला नगरी एकै दिनको बैठकले तय गरेको थियो। अहिले हल्लाका पछाडि लाग्नु जरुरी छैन।’

यस्तै दुई नेताबीचको बैठकमा शिक्षक आन्दोलनका विषयमा पनि छलफल भएको थियो।

सरकार सञ्चालनका लागि बनाइएको संयत्रको बैठक चाँडै नै बोलाएर अहिले देखिएका सबै खालका समस्याको निकास खोज्न दुई नेता सहमत भएको बालुवाटार स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com