ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीकाे जागरण अभियान नवलपुरबाट फेरि शुरू


एबीसी न्यूज

काठमाडौं २ बैशाख । नेकपा माओवादी केन्द्र ले हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत आज गैँडाकोटमा विभिन्न कार्यक्रम भएका छन् ।

टोलीले बिहान झन्डै ५ किलोमिटर मर्निङ वाकु गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो । अभियानका क्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैँडाकोट–८ लखन चोकमा रहेको शहीद लखन थापाको सालिकमा माल्यार्पण गर्नुभयो । अभियानका क्रममा अध्यक्ष प्रचण्डले शहीद परिवार, शुभेच्छुकलगायतसँग भेटघाट र कुराकानीसमेत गर्नुभएको छ ।

देवचुली नगरपालिकाको रजहर, जिल्लाको सदरमुकाम कावासोतीलगायतका ठाउँमा पनि कार्यक्रम भएका छन् । रजहरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थानीयस्तरमा स्वास्थ्यका पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको बताउनुभयो ।

झापाबाट शुरू भएको अभियान गएको चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो । नयाँ वर्षको पहिलो दिन हिजो नवलपुरको गैँडाकोटबाट माओवादीले अभियानलाई फेरि निरन्तरता दिएको हो । हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com