ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्दोलनमा होमिँदा अब खान–बस्न समस्या हुन थाल्यो – शिक्षक


एबीसी न्यूज

काठमाडौं २ बैशाख । कालीकोटको रासकोट नगरपालिकाको मोतिराम माविका शिक्षक उपेन्द्रप्रसाद सिंखडा गएको दुई हप्तादेखि अरू शिक्षकहरूसँगै काठमाण्डौ आएर आन्दोलन गरिरहनुभएको छ । आन्दोलनकै लागि काठमाडौमा बस्न सजिलो छैन । काठमाडौमै परिवारका सदस्य र आफन्त भएकाहरूका लागि त ठीकै छ । कोही पनि नभएकाहरू होटलमा बस्ने गरेका छन् । सिंखडाले अहिलेसम्म त आफैँसँग भएको केही पैसा खर्च गरेर आन्दोलनमा सहभागिता जनाउनुभयो । तर अब आन्दोलनका लागि काठमाण्डौमा बस्न उहाँलाई समस्या हुन थालेको छ । ‘शिक्षकहरूको आन्दोलनका लागि काठमाण्डौ आएर सुन्धाराको एउटा होटलमा बसेको छु’, सिंखडा भन्नुहुन्छ, ‘जसोतसो बसिरहेका छु, दिनदिनै खर्च बढिरहेको छ ।’

आज १४औं दिनसम्म भोख तिर्खा नभनी शिक्षहरू आन्दोलनमा सहभागी भएका हुन् । बस्ने खानेको समस्या भए पनि कुनै हालतमा आन्दोलन सफल पार्नुपर्ने सोलुखुम्बुको सोताङ गाउँपालिकामा रहेको जनपञ्च आधारभूत विद्यालयका प्रधानाध्यापक हितबहादुर दाहाल बताउनुहुन्छ ।

‘होटलमा बसिरहेका छौँ, एक रातको सुतेको एक हजार रुपैयाँ तिर्नुपर्छ । त्यस्तै खाजा, खाना गर्दा खर्च उस्तै भइरहेको छ’, उहाँले भन्नुभयो, ‘यसरी आन्दोलन गर्न बाध्य पार्ने सरकारले कानमा तेल हालेर बसेको छ ।’

कैलालीबाट आन्दोलन गर्न आउनुभएका शिक्षक खडकमनि खड्काको भनाइ पनि यस्तै छ । शिक्षक महासङ्घको आह्वानमा आएको आन्दोलनमा माग पूरा नहुञ्जेल नफर्किने उहाँ बताउनुहुन्छ । ‘काठमाण्डौमा बस्न र खाना खर्चिलो छ । त्यही पनि महासङ्घले आह्वान गरिसकेपछि आफ्नै लागि हो भनेर आएको छु’, खड्का भन्नुहुन्छ ।

नेपाल शिक्षक महासङ्घले दुई हप्तादेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेको छ । शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रसमेत प्रभावित भएको छ । तर आफूहरूको यो रहर नभई बाध्यता रहेको तेह्रथुमबाट आउनुभएकी शिक्षीका रेजीना फुकाई सुनाउनुहुन्छ ।

‘गाडीमा २४ घण्टाभन्दा बढी समय लाग्ने ठाउँबाट आज हामी यहाँ आएर आन्दोलन गरिरहेका छौँ । बसाइ व्यवस्थापनका लागि अलि गाह्रो भइरहेको छ’, उहाँ भन्नुहुन्छ, ‘आफन्त हुनेका लागि केही सहज छ तर काठमाण्डौमा हाम्रो कोही छैन । यत्तिका दिनसम्म बस्छु भन्नका लागि पनि अफ्ठ्यारो हुँदो रहेछ ।’ होटल बस्दा सरसापटी गरेर बसिरहेको फुकाईको भोगाइ छ । ‘बिहान बेलुका खाना खाइन्छ, दिनभर आन्दोलनमा भइन्छ, खाजा खान पनि त्यस्तै हुन्छ’, उहाँले भन्नुभयो ।

सरकारले यथाशीघ्र शिक्षा ऐन ल्याएर विद्यालय शिक्षाको गुणस्तर सुधारतर्फ कदम चाल्नुपर्ने शिक्षकहरूको माग छ । ऐन जारी नभएसम्म विद्यालय नफर्कने उनीहरूको अडान छ । स्याङ्जाको त्रिभुवन आदर्श माविका शिक्षक विष्णुप्रसाद पोखरेल भनेजस्तो बसाइ नभएको र दुःख पाइरहेको बताउनुहुन्छ । शिक्षकहरूको हक हितका लागि आन्दोलन भइरहेकाले एैन लिएर मात्रै आफूहरू फर्किने उहाँको भनाइ छ ।

यस्तै धनुषाको मिथिला नगरपालिकाको जनता माविका शिक्षक गोविन्दप्रसाद न्यौपानेको अडान पनि उस्तै छ । ‘यो आन्दोलन भनेको पञ्चायतकालमा बनेको शिक्षा ऐनलाई खारेज गर्ने र अग्रगामी शिक्षा ऐन नल्याएसम्म शिक्षकहरूको आन्दोलन रोकिँदैन’, उहाँ भन्नुहुन्छ ।

देशभर नयाँ शैक्षिक सत्रसँगै भर्ना अभियान शुरू भएको बेलासमेत शिक्षकहरू आन्दोलनमै रहँदा विद्यार्थी र अभिभावक अन्योलमा छन् । शिक्षकहरूलाई चित्त बुझाएर बेलैमा विद्यालय फर्काउने काम सरकारको हो । सरकारले यसबारे प्रयास भइरहेको दाबी गरे पनि समाधान निस्कन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com