ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ वर्षको शुभकामनामा शेखरको चेतावनी: कांग्रेस महाधिवेशन टार्न खोजे आत्मघाती हुनेछ


एबीसी न्यूज
बैशाख १, २०८२ सोमबार  ८ : ११ बजे

काठमाडौं १ बैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ वर्ष २०८२ नेपाली कांग्रेसको महाधिवेशनको वर्ष भएको बताएका छन्।

२०८२ साल सुरु भएको उपलक्ष्यमा सोमबार बिहान शुभकामना वक्तव्य जारी गर्दै कोइरालाले महाधिवेशनलाई टार्ने काम भए त्यो आत्मघाती हुने चेतावनीसमेत दिएका छन्।

ञयो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो, उनले भनेका छन्, ‘कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुनेछ। यसतर्फ कांग्रेसका साथीहरूलाई चनाखो र सतर्क रहन पनि म अपिल गर्दछु।’

कांग्रेस नेता कोइरालाले एकपटक आफू र आफ्नो दलभन्दा ‘देश र जनता’ माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेसमेत उल्लेख गरेका छन्।

‘नेपालीहरूले मात्र मनाउने यो नयाँ वर्षलाई एउटा क्यालेन्डर हटाएर अर्को नयाँ क्यालेन्डर झुन्डाउने कार्यमा मात्र हामी सीमित राख्न सक्दैनौँ’, नेता कोइरालाले शुभकामना सन्देशमा भनेका छन्, ञहामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौँ, जहाँबाट सामान्य त्रुटि हुँदा र गलत दिशातर्फ जाँदा हाम्रो देश नेपाल ठूलो जोखिममा पर्छ।’

अन्तर्राष्ट्रिय मञ्चमा देखिएको ‘शीतयुद्ध(२’ ले एकपटक फेरि हामीलाई पाँच दशकअगाडि बीपी कोइरालाले प्रतिपादन गरेको “राष्ट्रिय मेलमिलाप”को स्मरण गराएको उनले उल्लेख गरेका छन्।

‘नेपाली जनतामाझ कांग्रेस लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्धक हो भनी चिनिन्छ, कोइरालाले भनेका छन्, ‘तसर्थ वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीति र राष्ट्रिय मुद्धाहरुमा कांग्रेसले आफ्‌नो गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प छैन।’

उनले पार्टीको अगुवाइमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’को अभियान नचलाई बस्ने हो भने बीपीले भनेझैँ कांग्रेस पार्टी ‘सुकिलामुकिला र पैसावालाको कब्जामा’ जाने खतरा रहेको बताएका छन्।

‘र, म त्यो देख्दै छु। नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो छ। कुशासन, भ्रष्टाचार, दण्डहीनता र अनियमितता संस्थागत भएर चुँडिँदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोड्न पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प छैन’, कोइरालाले भनेका छन्।

नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेस नै अघि सर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com