ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपा नेपालको ४१ सदस्यीय केन्द्रीय परिसंघ गठन


एबीसी न्यूज
चैत्र ३०, २०८१ शनिबार  ६ : २५ बजे

काठमाडौं ३० चैत । जनता समाजवादी पार्टी, नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न भन्दै केन्द्रीय परिसंघ गठन गरेको छ।

थारु, महिला, दलित, आदिवासी जनजाती, पिछडावर्ग, मुश्लिम, अल्पसङ्ख्यक समुदायहरुसँग सम्बन्धित संघ÷संगठन, संस्था र व्यक्तित्वहरु सम्मिलित ४१ सदस्यीय परिसंघ गठन भएको जसपाले जनाएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवको उपस्थितीमा केन्द्रीय सदस्य चन्देश्वर पासवानको नेतृत्वमा जसपा नेपालले परिसंघ घोषणा गरेको हो। केन्द्रीय सल्लाहकारमा पीके ठाकुरलाई चयन गरिएको छ। परिसंघको अर्को बैठकले महासचिवको टुङ्गो लगाउने बताइएको छ।

नवगठित परिसंघको केन्द्रीय सहसंयोजकमा आदिवासी जनजातिबाट पञ्चराम तामाङ, पिछडावर्गबाट भरतप्रसाद महतो, मुश्लिमबाट युसुफ अली, थारुबाट रामआश्रय चौधरी र दलितबाट सुनिता मरिक सर्वसम्मतले चयन भएका छन्।

केन्द्रीय सचिवमा आदिवासी जनजातिबाट सोनाम याक्खा, पिछडावर्गबाट मनाई महतो, मुश्लिमबाट शशिकपुर मियाँ, थारुबाट मानन चौधरी र दलितबाट प्रदिप घताल चयन भएका छन्।

बैठकले आगामी वैशाख ३१ गते वीरगञ्जको टाउन हलमा परिसंघको प्रथम बृहत् खबरदारी सभा गर्ने निर्णय गरेको छ। परिसंघको नेतृत्व चयनसँगै प्रमुख उद्देश्यसहितको ३२ बुँदे अवधारणा पत्र समेत जारी गरिएको छ।

‘दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारू, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडनलाई अन्त्य गर्न, उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ’, अवधारणा पत्रमा भनिएको छ,– ‘मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा पहुँच, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्यायको प्राप्तिका लागि संघर्ष गर्न यी समुदायहरूसँग सम्बन्धित संगठनरसंघ, संस्था र व्यक्तिहरू सम्मिलित रहने गरी दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यक समुदायहरुको परिसंघ गठन गरिएको छ।’

‘दलित, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, महिला, पिछडावर्ग, अल्पसंख्यकलगायत असमानता, शोषण, उपेक्षा र बहिष्करण तथा विभेदमा पारिएकारपरेका विपन्न वर्गलगायतका समुदायहरूको सांस्कृतिक÷जातीय पहिचानको मान्यता, समानुपातिक समावेशीकरणका साथै स्वतन्त्रता, समानता र सामाजिक न्यायको प्रत्याभूति गराउने’– अवधारणा पत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com