ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ-एमाले


एबीसी न्यूज
चैत्र २९, २०८१ शुक्रबार  ६ : ५४ बजे

काठमाडौं २९ चैत नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेहिताको दायरामा ल्याउनुपर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै उनले उक्त घटना फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यबाट सुरु भएकाले कतै न कतै उनका भूमिका भएको दाबी गरेका हुन्।

‘१५ गतेको घटना नेपालको इतिहासमा अत्यन्त क्रुर हिसाबले दर्ज भएको घटना हो। जिउँदै पत्रकार मारिएको अवस्था छ। सरकारी र व्यक्तिगत घरहरू यसरी आगजनी गरेर यति ठूलो क्षति गराइयो, लुटपाट आगजनी जुन ढंगले भयो, व्यक्ति हत्या जसरी गराइयो, उनले भने, फागुन ७ गते पूर्वराजाले प्रजातन्त्रको नामा एउटा वक्तव्य सार्वजनिक गर्नुभयो, अभिव्यक्ति दिनुभयो( बेला आएको छ जनताले मलाई साथ देऊ भनेर अपिल गर्नुभयो। त्यसपछिका घटना त्यहाँबाट प्रारम्भ भएको देखिन्छ। सकारणले गर्दा त्यति ठूलो घटना हुँदा फागुन ७ गते उहाँ स्वयंले आह्वान गरेको अभिव्यक्ति सार्वजनिक मतबाट उत्साहित भएर जे घटनाहरू पपछिल्लो चरणमा भएका छन्।

उनले सुरक्षा संयन्त्र र गृहमन्त्रीलाई धन्यवाद दिँदै थप भने, ुगृहमन्त्री र सुरक्षा सम्यन्त्रप्रति आभार व्यक्त गर्न चाहन्छु। त्यसदिन केही प्रहरीमाथि यति धेरै निर्मम र पाशविक ढंगबाट इँटा र ढुंगा प्रहार गरियो त्यो हेर्न सकिने अवस्थामा थिएन। त्यो कुनै आन्दोलन नामबाट हुन्थ्यो भने संविधानले दिएको अधिकार उपयोगका लागि आन्दोलन हुन्थ्यो भने त्यस्तो घटना हुँदैन थियो। प्रहरीलाई मार्ने उद्देश्यका साथ गाडी चलाइएको छ। प्रहरीसँग बन्दुक थियो, ठूलो दुर्घटना हुन सक्थ्यो मानवीय क्षति हुने भिडिओहरूबाट देख्छौँ, त्यस्तो अवस्थामा पनि प्रहरीले ठूलो संयमता अपनाएको देखिन्छ।

उनले घटनालाई लिएर पूर्वराजाले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएकोमा आपत्ति जनाए। त्यो दिनको घटनासँग जोडेर उहाँले कुनैपनि प्रतिक्रिया पनि आजसम्म दिनुभएको छैन,जहाँ ठुलो क्षति भएको छ न त मृतकमा श्रद्धाञ्जली, न परिवारजनमा समवेदना, उनले भने उहाँ आफैँ कहीँ न कहीँ इन्भल्वमेन्ट छ भन्ने कुरा उहाँका आह्वानबाट परेको त्यो दृश्यले गर्दा यो प्रक्रियामा पूर्वराजा ज्ञानेन्द्रलाई पनि कहीँ न कहीँ जवाफदेहीताको तहमा ल्याइनुपर्छ भन्ने मलाइ लाग्छ। उहाँको आह्वानपछि उठेको यस्तो प्रदर्शन र हिंसात्मक घटनामा उहाँलाई पनि जवाफदेहीताको दायरामा उभ्याउनुपर्छ भन्ने प्रश्नमा सरकारको तर्फबाट केकस्तो भएको छ यसका बारेमा जानकारी पाउन पाए राम्रो हुन्थ्यो।

आजै कांग्रेसका सहमहामन्त्री जीवन परियारले पनि समितिमै बोलाएर पूर्वराजासँग जवाफ लिनुपर्ने बताएका थिए। कांग्रेस(एमाले अहिलेको सत्ता गठबन्धनको प्रमुख घटक हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com