ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाणिनि तपोभूमि सम्मेलनः नेपाल ध्यानभूमि – प्रधानमन्त्री ओली


एबीसी न्यूज
चैत्र २७, २०८१ बुधबार   ५ : २०   बजे

अर्घाखाँची २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमि महाविद्वान्‌को जन्मभूमि भएको बताएका छन् । उनले नेपाल एक से एक विद्वान्‌को भूमि भएको बताएका हुन् ।

अर्घाखाँची पाणिनि गाउँपालिका–१ र २ को संगमस्थलमा ‘पाणिनि तपोभूमि सम्मेलन’ को बुधबार उद्घाटन गर्दै ओलीले गौतम बुद्ध, महर्षिहरू, कपिलमुनि, शिव नेपालमै जन्मिएको र पतञ्जली ऋषि, पाणिनि ऋषि अर्घाखाँचीमा जन्मिएको बताएका हुन् । ।

पाणिनिको महत्त्व र यसको प्रभाव असाधारण भएको बताउँदै उनले अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि भएको बताए । ‘यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो,’ उनले भने, ‘विश्वका व्याकरणका पिता पाणिनि यही भूमिका जन्मनु भएको हो । अरु सबै व्याकरणले पाणिनिको सूत्रलाई आधार मानेका छन् ।’ पाणिनिसहित शिव, श्रृंगी ऋषि, पतञ्जली र अन्य महर्षिको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्रका रूपमा नेपाल रहेको उनको भनाइ छ ।
ध्यानबाट अस्वस्थ्य मान्छे स्वस्थ्य हुने भएकाले यस क्षेत्रको विकासका लागि सरकारले ध्यान दिएको ओलीले बताए । प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण भएको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र तीनसूत्र आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) को विकासमा समेत प्रयोग भएको उनको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले पाणिनि तपोभूमी स्थलमा निर्माण हुन लागेको महर्षि पाणिनि ऋषिको मन्दिर शिलान्यास गरेका छन् । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गतको पर्यटन डिभिजन कार्यालय रुपन्देहीको २७ लाख, ४५ हजार ७ सय २६ रुपैयाँ १५ पैसाको लगानीमा मन्दिर निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group