ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साढे ५ महिनापछि रास्वपा नेतृत्वमा ‘कमब्याक’ गर्दै रवि


एबीसी न्यूज
चैत्र १८, २०८१ सोमबार   १२ : ५२   बजे

काठमाडौं १८ चैत । साढे ५ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सभापति रवि लामिछाने आजदेखि पार्टी कामको जिम्मेवारीमा फर्किंदै छन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते पक्राउ परेयता रवि अहिलेसम्म पार्टीको जिम्मेवारीबाट अलग छन्। कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत परेपछि गत पुस ८ गते सांसद पदबाट निलम्बन भएयता रास्वपाको नेतृत्व उपसभापति डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिका रूपमा सम्हालिरहेका छन्।

अब आज ९सोमबार० बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा रविलाई सभापतिको जिम्मेवारीमा फर्काउने प्रस्ताव पेस गरिने र पास भएमा आजै बस्ने केन्द्रीय समितिको दोस्रो बैठकको अध्यक्षता लामिछानेले गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

आइतबार बसेको रास्वपा सचिवालयको बैठकले सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाउँदै सभापति रविलाई जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो।

यद्यपि यो प्रस्ताव आज पहिलो चरण बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि मात्र दोस्रो चरण बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता लामिछानेले गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता झाको भनाइ छ।

तर रास्वपाले यस्तो तयारी गरे पनि लामिछानेको निलम्बित सांसद पद अझै फुकुवा भइसकेको छैन। कास्कीसहित चार जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएपछि गत माघमा रविले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष माग पनि राखे।

तर सभामुखले फुकुवा गर्न नमिल्ने भन्दै मानेनन्। यस्तो अवस्थामा रविलाई पार्टी नेतृत्वको जिम्मेवारीमा फर्काउन कानुनी अड्चन पर्दैन ररु

नेपालखबरको जिज्ञासामा रास्वपा कार्यवाहक प्रवक्ता झाले भने, ‘भ्रष्टाचार गरेका, अदालतबाट दोषी ठहर भएका, कस्ता कस्ता अपराध गरेकाहरू त हामीले संसद्मा देखिरहेका छौँ, हाम्रा सभापतिलाई त अदालतले दोषी ठहर गरिसकेको छैन नि१’

उनले थपे, ‘तपाईंहरूलाई थाहै छ, सभापतिको सांसद पद निलम्बन गर्ने निर्णय पनि पूर्वाग्रहपूर्ण र पक्षपातपूर्ण छ।’

सहकारी ठगी अभियोगमा मुद्दा परेका चार जिल्ला अदालतमध्ये कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि परेकाले सभामुखले ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७’ बमोजिम रविलाई गत पुस ८ गते सांसद पदबाट निलम्बन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने–सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

सम्बन्धित

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group