ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा, ज्ञानेन्द्र अहिले त यस्तो गर्छन् भने झन् राजा भए के गर्लान्?


एबीसी न्यूज
चैत्र १६, २०८१ शनिबार   ६ : १६   बजे

काठमाडौं १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार तीनकुनेमा उपद्रव मच्चाउनेहरूका नाइके ज्ञानेन्द्र शाह नै भएको बताएका छन्।
शनिबार लुम्बिनीमा नेपाली लेखक संघको आठौँ महाधिवेशन उद्घाटन समारोहमा देउवाले शाह सुध्रिने स्वभावकै मानिस नभएको टिप्पणी गरे।

‘हुन त यो साहित्यिक कार्यक्रम हो तर हिजो काठमाडौँमा जसरी पूर्वराजाका नाममा हुलहुज्जत भयो, अनावश्यक तरिकाले धेरै घरहरूमा आक्रमण भयो। धेरै प्रेसमा पनि आक्रमण भयो। त्यसले गर्दाखेरि यो स्पष्ट भइसकेको छ कि पूर्वराजा ज्ञानेन्द्र अहिले त यस्तो गर्छन् भने झन् राजा भए के गर्लान्रु,’ देउवाले भने, ‘उनको हर्कत प्रष्ट भइसकेको छ। त्यसै हटेका होइनन्। यिनी कहिले पनि संवैधानिक राजा बन्न खोजेका पनि थिएनन्। राजा बन्ने नेचरका पनि छैनन्। गणतन्त्र यिनले चाहेर हट्नेवाला पनि छैन।’
यस क्रममा देउवाले लेखक, पत्रकारहरूलाई लोकतान्त्रिक गणतन्त्रका पक्षमा खुलेर कलम चलाउन आह्वान पनि गरे।

शुक्रबार तीनकुनेमा राजावादी नाममा उद्दण्ड जत्थाले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनीका साथै औषधि कारखाना र सञ्चारगृहमा समेत तोडफोड गरेका थिए।

व्यापारिक केन्द्रमा पसेर उनीहरू लुटपाट पनि गरेका थिए।

विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री बनेका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले नै निर्वाचन गराउन अक्षम भएको आरोप लगाउँदै २०५९ असोज १८ गते पदबाट बर्खास्त गरेका थिए।

त्यसको २ वर्षपछि २०६१ सालमा फेरि प्रधानमन्त्रीमा नियुक्त गरिए पनि ज्ञानेन्द्रले २०६१ माघ १९ गते शासन सत्ता हातमा लिँदै देउवालाई पदबाट हटाउँदै नजरबन्दमा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने–सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

सम्बन्धित

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group