ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराजा ज्ञानेन्द्रलाई महानगरको ७ लाख ९३ हजार जरिवाना


एबीसी न्यूज
चैत्र १६, २०८१ शनिबार   ६ : १३   बजे

काठमाडौं १६ चैत । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार चैत १५ गते आयोजना गरिएको कार्यक्रमबाट सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गराएको र भौतिक संरचनामा क्षति गराएको भन्दै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गराएको छ ।

महानगरले शनिबार शाहको नाममा जरिवाना पत्र पठाइएको जानकारी दिएको हो । ‘महानगरपालिका वडा नम्बर ३२ तीनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकोले,’ महानगरले लेखेको पत्रमा भनिएको छ, ‘तपाईंलाई फोहोरमैला व्यवस्थापन ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना बेहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’

यसका साथै महानगरले सोही दिन तीनकुने क्षेत्रमै आयोजना गरिएको कार्यक्रमबाट उक्त क्षेत्रमा रहेको रुख, विरुवा, रेलिङ तोडफोड गरेबापत ४० हजार र तीनकुने आईल्याण्ड तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना गराएको छ ।

यस्तै महानगरले बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकोले एक लाख, जडिबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी गरेकोमा एक लाख रुपैयाँ जरिवाना गराएको छ । तीनकुनेमा जथाभावी फोहोरमैला गरेकोमा एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

‘तीनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट उक्त क्षेत्रको भवनमा आगजानी भएको खबर प्राप्त हुनासाथ महानगरको न्यूरोड बारुणयन्त्रको दकमलसहित अग्नि नियन्त्रक खटिई गई आगो नियन्त्रण गर्ने क्रममा कार्यक्रममा आएका व्यक्तिहरूले दकमल,’ पत्रमा भनिएको छ, ‘अग्नि नियन्त्रकलाई ढुंगामुढा गरी दमकल फुटाएकोले क्षतिपूर्तिबापत एक लाख ३० हजार रुपैयाँ दाखिला हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’

सोही कार्यक्रमबाट महादेवस्थान, कोटेश्वर क्षेत्रका सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोमा एकरएक लाख रुपैयाँ जरिवाना गराएको हो ।

यसैगरी महागनरले तीनकुनेको आन्दोलनको क्रममा निजी भवनमाथि भएको आगजानी र निजी सम्पत्तिमाथि भएको क्षति भने महानगरको क्षेत्राधिकारभित्र नरहेको समेत प्रस्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने–सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

सम्बन्धित

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group