ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पञ्चायतमै स्थापना भएको जडीबुटी कम्पनी राजावादीले जलाए


एबीसी न्यूज

काठमाडौं १६ चैत । पञ्चायतकालमै बनेको जडीबुटी उद्योग राजावादीले जलाएर नष्ट गरेका छन्। गणतन्त्रवादीले देशका उद्योगधन्दा बिक्री गरी खाएको आरोप लगाउने राजावादीहरूले साढे ४ दशकअघि स्थापना भएको उद्योगमा आगो लगाएका हुन्।

२०३८ सालमा स्थापित नेपाल सरकारको पूर्ण स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले एक दर्जनबढी तेल उत्पादन गर्दै आएको छ। शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शनमा निजी सम्पत्तिमा आगो लगाउँदै निस्केका अराजक प्रदर्शनकारीले जडीबुटी कम्पनी पनि छाडेनन्।

प्रारम्भिक विवरण अनुसार करिब ८ गाडी जलेका छन् भने गत वर्षबाट मात्रै सञ्चालनमा आएको नयाँ भवन जलेको छ। २०३८ सालमा स्थापना भए पनि यो कम्पनीले २०७८ मा आएर नाफा कमाउन थालेको थियो। सरकारी स्वामित्वका संस्था सञ्चालन गर्न नसकेर डुबिरहेको समयमा औषधिमुलो उत्पादन गर्ने कम्पनी नै जलेर नष्ट भयो।

‘दिउँसोबाटै कम्पनीमा ढुंगामुढा हुँदै आएको थियो। पछि आगलागीको घटना भयो,’ कम्पनीका अध्यक्ष डा। बुद्धिसागर पौडेलले सुनाए, ‘गाडीमा लगाएको आगो नयाँ भवनमा समेत गर्‍यो। हामीले दमकल बोलाउनका लागि धेरै ठाउँमा कोसिस गर्‍यौँ। तर कतैबाट सहयोग भएन भवन बचाउन सकिएन।’

उनले गत वर्षबाट मात्रै नयाँ भवन सञ्चालनमा आएको र सबै उपकरण तथा उत्पादित वस्तु सोही भवनमै रहेको बताए।

‘कम्पनीको परिसरमा धेरै गाडी भए पनि केही मात्रै हाम्रा हुन्। बाँकी अरुले पार्किङ गरेका गाडीमा आगजनी भएको हो,’ उनी भन्छन्, ‘प्रशासन प्रमुखहरू आसपास नै भए पनि कति क्षति भयो पूर्ण विवरण आएको छैन।’

उनले नयाँ भवन र उपकरण जोगिए मात्रै कम्पनीले उत्पादनलाई निरन्तरता दिन सक्ने बताए।

‘पुरानो भवनमा प्रशासनिक काम हुन्थे, कागजपत्र जल्दा धेरै फरक पर्दैनथ्यो,’ उनी भन्छन्, ‘नयाँ भवनमा उपकरण र उत्पादित सबै वस्तु सोही गोदाममा राखिएकाले ठूलो क्षति हुन्छ।’

नयाँ भवनमा ठूलो क्षति भए भर्खर उठ्दै गरेको कम्पनी फेरी समस्यामा पर्ने बताउँछन्।

ढुंगाले कर्मचारीको टाउको फुट्यो
दिउँसो करिब ३ बजे जडीबुटी कम्पनीका कर्मचारी आफ्नो काममा व्यस्त थिए। एक्कासि बाहिरबाट ढुंगामुढा हुन थाल्यो। एक कर्मचारीको टाउको फुटेपछि सबै कर्मचारीको भागाभाग भयो।

‘बाहिरबाट ढुंगामुढा हुन थालेपछि हामी केही समय त एउटा कुनामा लुकेरै बसेका थियौँ,’ कम्पनीकी महाप्रबन्धक संगीता यादवले सुनाइन्, ‘कम्पनीका गाडीमा आगालागी हुन थालेपछि पहिला कर्मचारीलाई सुरक्षित हुन आग्रह गरेँ।’

जडीबुटी कम्पनीमा लागेको आगो अहिले करिब नियन्त्रणमा आएको छ। तर भित्र कर्मचारी अझै जान सकेका छैनन्। के कति क्षति भएको छ यकिन हुन सकेको छैन। तर लामो समय आगो नियन्त्रणमा आउन नसकेकाले ठूलो क्षति भएको अनुमान छ।

‘कम्पनीको हाताभित्रै पसेर आगो लगाए। कम्पनीका ४ वटा गाडी थिए। अरु सरकारी निकायकै गाडी पार्किङमा थिए,’ महाप्रबन्धक यादवले भनिन्, ‘सन्चो उत्पादन गर्ने नयाँ भवनमा प्रज्ज्वलनशील पदार्थ भएकाले बेलैमा नियन्त्रणका लागि हारगुहार गरेका थियौँ। तर केही हुन सकेन।’

कम्पनीले हजारौँ मानिसलाई पत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी दिँदै आएको थियो।

‘सबैको साझा कम्पनीमा खुलेआम आगजनीजस्तो घटना हुनु ठूलो दुःखको कुरा हो। हामीले सञ्चो बनाएर बेचेर धेरैलाई रोजगारी दिएका थियौँ,’ उनी भन्छिन्, ‘कम्पनीले आफ्नै उत्पादन बिक्री गरेर तलब पनि खाने र बाहिर शाखा खोलेर धेरैलाई रोजगारी दिइरहेको कम्पनीले यस्तो अवस्था भोग्नुपर्‍यो।’

सबै सार्वजनिक संस्थानले राम्रो गर्न नसकिरहेको अवस्थामा सुधार हुँदै गएको कम्पनीलाई क्षति पुगेको छ। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा सरकारी निकाय मात्र कम्पनीको सेयर सदस्य छन्। वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेड र वन पैदावर विकास समिति कम्पनीको सेयर सदस्यका रूपमा रहेका छन्।

परम्परागतरूपमा हाते प्रविधिबाट उत्पादन भइरहेका सामग्रीलाई स्वचालित यन्त्रको प्रयोग गरी ‘फिलिङ तथा क्यापिङ’ गरेर उत्पादन गर्न थालिएको थियो।

नयाँ यन्त्रका माध्यमबाट उत्पादनको लागत घटेर क्षमता वृद्धि हुँदै गएको थियो। भवनभित्र आधुनिक प्रयोगशाला स्थापना गरिएको थियो। कम्पनीका उत्पादनको गुणस्तर मापन तथा नियन्त्रणको काम प्रयोगशालाले गर्दै आएको थियो।

सञ्चो ब्रान्डको रूपमा कम्पनीले थुप्रै जडीबुटीका औषधि निर्माण गर्दै आएको छ। जट्टा हेयर आयल, विभिन्न किसिमका मसाज आयल, बाम, स्यानिटाइजर, शिलाजित, विभिन्न प्रकारका तेल उत्पादन गर्दै आएको छ। पछिल्लो समय मह उत्पादन र प्रशोधन गरी बिक्री सुरु गरेको थियो।

कम्पनीको अधिकृत पुँजी ५ करोड रहेको छ। कम्पनी आर्थिक वर्ष २०७९र०८० मा २७ करोड रूपैयाँ सञ्चित नाफामा रहेको छ। उक्त वर्ष कम्पनी २ करोड ८४ लाख रूपैयाँ घाटामा गएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com