ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणगढ–मुग्लिन सडक २४ किलोमिटर कालोपत्रे


admin

चितवन, ६ चैत । राजधानी काठमाडौँसँग तराई जोड्ने लाइफलाइनका रुपमा रहेको नारायणगढ–मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ । कामले तीव्रता पाएसँगै ३३.२ मध्ये २४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । समग्र काम भने ८१ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय कामले तीव्रता पाएसँगै प्रगति बढ्दै गएको हो । 


नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार कालोपत्रेको पहिलो तह २४.५ किलोमिटर सम्पन्न भएको छ । दोस्रो तह २०.५ किलोमिटर र तेस्रो तहको कालोपत्रे शुरुवात् गरिएको छ ।

खनालका अनुसार सो सडक ३३.२ किलोमिटर लामो छ ।
आगामी वैशाख १५ सम्ममा पहिलो तह र जेठ १५ सम्ममा पहाड काट्न बाँकी रहेको चेपाङ डाँडाको फेदको ५०० मिटरबाहेक अन्य क्षेत्रमा कालोपत्रे सम्पन्न हुने उहाँले बताउनुभयो ।

शुरुमा ५.५ मिटरमात्रै फराकिलो रहेको सडक आठ मिटरसम्म फराकिलो भए पनि नौ मिटर पु¥याउन धेरै भित्तो काट्नु पर्ने भएकाले समयमा सम्पन्न हुन कठिन देखिएको छ ।

आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीले तेस्रो खण्डलाई ९९ दिन, दोस्रो खण्डलाई ८९ दिन र पहिलो खण्डलाई ८५ दिन मिति थप्न उपयुक्त भएको भन्दै प्रस्ताव गरिएको बताउनुभयो । पहिलो खण्डका लागि १० मे २०१८, दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय थप गर्न सिफारिस गरिएको हो ।

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षात्को समय, चाडपर्वको समय र थपिएको कामका कारण काम गर्ने समय थप्न सिफारिस गरिएको हो । मिति थप गर्न सिफरिस भए पनि हालसम्म मिति भने थपिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

काठमाडौं, ९ जेठ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

चितवन ९ जेठ । भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा नै मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदेवार रहेका रेनु दाहाल र

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

काठमाडौं, ९ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी विजयी भएका छन् ।घण्टाघर चुनाव चिह्नबाट निर्वाचन लडेका साहले १३४६५ मत पाए

सम्बन्धित

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

स्थानीय तह निर्वाचन गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बन्यो : प्रवक्ता महत

२२ सयमा झर्‍यो सेयर बजार

९ वटा उपमहानगरको मतगणना सकियो, जनकपुरधाम र तुलसीपुर बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...